PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

नोकिया ३३१० को पुनर्जीवन : एक महिना चार्ज टिक्ने दाबी, केके छन् विशेषता?



पहिलोपोस्ट

नोकिया ३३१० को पुनर्जीवन : एक महिना चार्ज टिक्ने दाबी, केके छन् विशेषता?

बार्सिलोना : चर्चित सेट नोकिया ३३१० कस्तो रुपमा फर्केला? कौतुहल सबैमा थियो। कौतुहल मेट्दै नोकियाको सबैभन्दा धेरै बिक्री भएको फ्ल्यागसिप मोबाइल फोन ३३१० मोडेल सार्वजनिक भएको छ।
 
स्पेनको राजधानी बार्सिलोनामा विश्व मोबाइल कंग्रेसमार्फत नोकियाले ३३१० लाई पुनर्जीवन दिएको छ।
 
मोबाइल नयाँ भर्सनको भए पनि डिजाइन भने पुरानो ओरिजिनल नै रहेको छ जुन फोन सन् २००० मा सार्वजनिक भएपश्चात यसले विश्वमा टेक्स मेसेजलाई मेनस्ट्रिममा ल्याएको थियो।
 
नोकिया मोबाइल जगतमा सबैभन्दा पहिलो आइकन बन्न सफल भएको थियो।
 
यसको रिङटोन, कम्प्याक्ट डिजाइन र मोबाइल गेम स्नेकका कारण यो १० करोड भन्दा धेरै सेट बिक्री भएको थियो।
 
नयाँ भर्सनलाई फिनिस कम्पनीले सार्वजनिक गरेको हो। यो पहिलेको भन्दा केही पातलो रुपमा बनाइएको छ। पहिलेको नोकिया ब्ल्याक एण्ड ह्वाइट रहेको थियो भने अब यो रंगीन हुनेछ। स्क्रिन कलरमा उपलब्ध भएका कारण यसलाई ओरिजिनलको मोनोक्रोम डिजाइन भनिएको छ।
 
एक पटक चार्ज गरेपछि ३० दिनसम्म मज्जाले ब्याट्री टिक्छ। यो सेटमा २.५ जी कनेक्सनमा इन्टरनेट चलाउन सकिन्छ। अहिले चलनचल्तीका फेसबुक तथा ह्वाट्सएप भने चलाउन मिल्दैन।
 
यसमा हेडफोन हाल्न मिल्ने ज्याक रहेको छ भने फोटो र म्युजिकहरु स्टोरेजका लागि एसडी कार्डको स्लट पनि रहेको छ। मोबाइलमा दुई मेगापिक्सलको क्यामेरा रहेको छ भने त्यसैमा एफएम रेडियो समेत रहेको छ। त्यस्तै पुरानो सेटमा जस्तै स्नेक गेम पनि छ। गेममा केही एडभान्स फिल दिइएको छ। त्यसलाई ट्विस्ट गरेर कुनै लेभलमा पुगेपछि फरक अनुभव गर्न सकिने जनाइएको छ।
 
फिनिस कम्पनी एचएमडिका प्रोडक्ट चिफ अफिसर जुहो सर्भिकासले अहिले महँगा स्मार्टफोनको बजार भएपनि सस्तो तर टिकाउ फोनको बजार पनि उत्तिकै रहेको बताए। उनले आजभोलि फोन गर्नका लागिमात्रै मानिसहरुले सस्तो टाइपको फोन बोक्ने गरेको बताए।
 
नयाँ ३३१० मोडेलको फोनका लागि ४१ पाउण्ड (५४५० रुपैयाँ) मूल्य तोकिएको छ भने बजारमा यो फोन सन् २०१७ कै जुन सम्ममा आइसक्ने जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell