PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

‘मिस नेपाल पिस २०७३’को ट्यालेन्ट राउण्ड सम्पन्न



पहिलोपोस्ट

‘मिस नेपाल पिस २०७३’को ट्यालेन्ट राउण्ड सम्पन्न

काठमाडौं: सौदर्य प्रतियोगीता ‘मिस नेपाल पिस २०७३’को ट्यालेन्ट शो सम्पन्न भएको छ। काठमाडौं किष्ट मेडिकल कलेजमा सोमबार आयोजित ‘ट्यलोन्ट शो’मा प्रतियोगीहरुले नृत्य, गायन, अभिनय, चित्रकला र वक्तृत्व कलामा आ–आफ्नो कला प्रस्तुत गरे।



नेक्स्ट मोडल्स नेपालको आयोजना रहेको स्वस्थ्यसँग सम्बन्धित यो एक मात्र सौदर्य प्रतियोगीता हो। ट्यालेन्ट शोमा डा.सुजाता हिराचन्द (अध्यक्ष नेपाल बेष्ट क्यान्सर फाउन्डेसन), दीपक घिमिरे (मोडल), दीपक श्रेष्ठ (चलचित्र निर्देशक), पदमराज जोसी (समाजसेवी) निर्णायक रहेका थिए।



‘सशक्त महिला सवल राष्ट्र’ भन्ने नारा सहित नर्सिङ पेसामा रहेका वा अध्ययन गरिरहेका युवतीहरुको प्रतिभा प्रस्फुटनका लागि कार्यक्रम आयोजना गरेको नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रबि धमलाले बताए।



यहि फागुन १९ गते अन्तिम स्पर्धा हुने प्रतियोगीतामा उपाधिका साथमा पुरस्कार वितरण गरिनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell