PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

​एसियन बेसबल कपमा नेपालको पहिलो जित



पहिलोपोस्ट

काठमाडौं : पाकिस्तानमा भइरहेको १३औं बिएफए एसियन बेसबल कपमा नेपालले पहिलो जित हात पारेको छ। नेपालले प्रतियोगिताको दोस्रो दिन इराकलाई १३-३ ले पराजित गरेको हो।


समूह ए मा रहेको नेपाल पहिलो खेलमा आयोजक पाकिस्तानसँग १६-१ ले पराजित भएको थियो। समूह बी मा पाकिस्तानले आज इराकसँग प्रतिस्पर्धा गर्दैछ। आजको खेलमा पाकिस्तानले इराकलाई पराजित गरे नेपाल पनि सेमिफाइनल पुग्नेछ। 

यस्तै समूह बी मा श्रीलंका, इरान र भारत छन्।  

यस प्रतियोगिताको विजेताले बिएफए एसिया बेसबल च्याम्पियनसिपमा भाग लिने पानउेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell