PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

सिरी ए : नाइङगोलनको दुई गोलमा रोमाको जित



पहिलोपोस्ट

सिरी ए : नाइङगोलनको दुई गोलमा रोमाको जित

राज्दा नाइङगोलनको दुई गोल मद्दतमा रोमाले इन्टर मिलानलाई पराजित गर्दै शीर्ष स्थानको युभेन्ट्समाथि दबाब कायमै राखेको छ।

इटालियन सिरी ए अन्तर्गत आइतबार भएको खेलमा रोमाले इनटरलाई उसैको मैदानमा ३-१ ले हरायो। रोमाको जितमा नाइङगोलनले खेलको १२औं र ५६ औं मिनेटमा गोल गरे।

डिएगो पेरोट्टीले पेनाल्टीमार्फत रोमाको लागि तेस्रो गोल गरे। इन्टरका लागि माउरो इकार्डीले एक गो फर्काए।

जितपछि २६ खेलबाट ५९ अंक जोडेको रोमाले शीर्ष स्थानको युभेन्ट्ससँग अंकदुरी ७ मा झारेको छ। युभेन्ट्सको समान खेलबाट ६६ अंक छ।
तेस्रो स्थानमा रहेको नेपोलीको २६ खेलबाट ५४ अंक छ।

सिरी ए अन्तर्गत अन्य खेलमा लाजियो र एसी मिलान विजयी भएका छन् लाजियोले उडिनेसी र मिलानले सुसलोलाई समान १-० ले हरायो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell