PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

ट्रम्पको फैसलाको विरोधमा अस्करमा सहभागी कलाकारले लगाए 'ब्लु रिबन'



पहिलोपोस्ट

ट्रम्पको फैसलाको विरोधमा अस्करमा सहभागी कलाकारले लगाए 'ब्लु रिबन'

अमेरिकाको लस एन्जल्समा ८९औं एकेडेमी पुरस्कारको घोषणा भइरहेका बेला त्यहाँ उपस्थित केही कलाकारले राष्ट्रपति डोनाल्ड ट्रम्पको यात्रा प्रतिबन्धको फैसलामाथि विरोध जनाएका छन्। रूथ नेगा र बैरी जेकिन्सल गायतका थुप्रै सेलिब्रिटीहरुले निलो रिबन लगाएर ट्रम्पको यात्रा प्रतिबन्धको फैसलाविरुद्ध विरोध जनाएका हुन्। 
 
त्यहाँ प्रयोग गरिएको निलो रङ्गको रिबन अमेरिकन सिभिल लिबर्टिज युनियन (एसीएलयु) को प्रतीक मानिन्छ।

वेबसाइट 'टेलिग्राफ डट का डट युके'को रिपोर्टअनुसार आयरल्याण्ड मूलका इथियोपिया स्टार रूथ नेगाले सबैभन्दा अगाडि अस्करको रेड कार्पेटमा पाइला राखेका थिए। त्यहाँ उनले निलो रङ्गको रिबन प्रयोग गरेको प्रस्ट देखिन्थ्यो।
 
यसपछि 'हैमिल्टन' का निर्देशक लिन-मैन्युएल मिरान्डा र उनकी आमाले पनि निलो रङ्गको रिबन लगाएका थिए। नेगाले पनि ट्रम्पको विरोधमा निलो रङ्गको रिबन लगाए।
 
निर्देशक बैरी जेकिन्सले पनि आफ्नो सुटमाथि निलो रङ्गको रिबन लगाएका थिए। बैरीको फिल्म 'मुनलाइट' सर्वोत्कृष्ट फिल्मका रुपमा छनोट भएको छ।
 
यी कलाकारका अतिरिक्त अन्य थुप्रै कलाकारहरुले पनि निलो रिबन प्रयोग गरेर ट्रम्पको विरोध गरेका थिए। एसिएलयुले ट्रम्पले सात देशका नागरिकमाथि अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएको विरुद्धमा कानुनी कारबाही पनि सुरु गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell