PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

भित्रिए गोमा एयरका दुर्इ जहाज, दुर्गममा उडान गर्ने



पहिलोपोस्ट

भित्रिए गोमा एयरका दुर्इ जहाज, दुर्गममा उडान गर्ने

काठमाडौं : गोमा एयरले थप दुर्इ नयाँ जहाज ल्याएको छ। कम्पनीले रुसी कम्पनीसँग खरीद गरेर एलइटी ४१० जहाज नेपाल ल्याएको हो। यी जहाजले दुर्गम विमानस्थलमा उडान भर्नेछन्।
 
दुवै जहाज नेपाली चालकदल र इन्जिनियरिङ दलले रुसबाट मंगोलिया, चीन, भियतनाम, बंगलादेश हुँदै नेपाल ल्याएका हुन्। गोमासँग यो जहाजसँगै ६ वटा जहाज हुनेछन्।
 
छोटो धावनमार्ग प्रयोग गर्ने यी ६ वटै जहाजले काठमाडौं,पोखरा र नेपालगञ्जबाट दुर्गम क्षेत्रमा सेवा दिइरहेको छ। २०६७ सालमा स्थापना भएको यो एयरलाइन्सले एकल इन्जिनको सेसना ग्राण्ड क्याराभानमार्फत सुदुरपश्चिम र कर्णाली भेगमा सेवा सञ्चालन गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell