PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

४४ मिनेटको अन्तरमा रामेछाप केन्द्र बनाई दुई पटक कम्पन



४४ मिनेटको अन्तरमा रामेछाप केन्द्र बनाई दुई पटक कम्पन

काठमाडौँ : सोमबार बिहान ४४ मिनेटको अन्तरमा रामेछाप केन्द्र बनाई दुई पटक कम्पन रेकर्ड गरिएको छ। 

बिहान ९ बजेर २२ मिनेट जाँदा रामेछाप केन्द्र बनाई पहिलो पटक र १० बजेर ६ मिनेट जाँदा दोस्रो पटक परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। 

केन्द्रका अनुसार पहिलो परकम्प ४.६ म्याग्निच्युडको थियो। दोस्रो भने त्योभन्दा बढी ४.७ म्याग्निच्युडको थियो। परकम्प काठमाडौँका केही स्थानमा समेत महसूस गरिएको थियो। 

गत वर्ष गोरखा केन्द्रबिन्दु बनाई गएको भूकम्पको परकम्प फेब्रुअरी महिनामा रेकर्ड गरिएको यो चौथो पटक हो। यसअघि धादिङ र दोलखा केन्द्र बनाई परकम्प गएको थियो। 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell