PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

रामेछाप केन्द्र बनाई गएको परकम्पले आज बिहान राजधानी हल्लायो



रामेछाप केन्द्र बनाई गएको परकम्पले आज बिहान राजधानी हल्लायो

काठमाडौँ : आज बिहान ९ बजेर २२ मिनेट जाँदा रामेछाप केन्द्र बनाई परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। 

केन्द्रका अनुसार परकम्प ४.६ म्याग्निच्युडको थियो। परकम्प काठमाडौँका केही स्थानमा समेत महसूस गरिएको थियो। 

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार रामेछाप केन्द्रविन्दु बनाई बिहान ९ बजेर २२ मिनेटमा ४.६ म्याग्निच्युडको धक्का मापन गरिएको छ। 

गत वर्ष गोरखा केन्द्रबिन्दु बनाई गएको भूकम्पको परकम्प फेब्रुअरी महिनामा रेकर्ड गरिएको यो तेस्रो पटक हो। यसअघि धादिङ र दोलखा केन्द्र बनाई परकम्प गएको थियो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell