PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

नेपालभाषाका साहित्यकार रामशेखर नकर्मी रहेनन्



नेपालभाषाका साहित्यकार रामशेखर नकर्मी रहेनन्

काठमाडौँ : नेपालभाषाका साहित्यकार तथा कलाकार रामशेखर नकर्मीको आज बिहान भक्तपुर क्यान्सर अस्पतालमा उपचारका क्रममा निधन भएको छ। 

८१ वर्षका नकर्मीका चार छोरा र चार छोरी छन्। 

गएको वर्षको भूकम्पमा घर भत्किएपछि भक्तपुरस्थित सिद्धि शालिग्राम वृद्धाश्रममा बस्दै आएका नकर्मीले आँखा नदेखेको गुनासो गरेपछि जाँच गराउने क्रममा क्यान्सर भएको पत्ता लागेको थियो।

नेपालभाषाको फिल्म* ‘राजमति’ को पटकथा लेखकसमेत रहेका रामशेखर नकर्मी नेपालभाषा साहित्यको उत्थानमा ठूलो योगदान गरेका थिए। सिमा त फः फः स्व, धिन्ताल, नसंफागु चा उनका चर्चित कृति हुन्।

उनले मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यद्वारा निर्देशित टेलिफिल्म ‘१२ बजे'मा पनि अभिनय गरेका थिए। 

(* यसअघि नेपालभाषाको पहिलो फिल्म राजमति लेखिएकोमा सच्याइएको छ। नेपालभाषाको पहिलो फिल्म सिलु हो, राजमति हैन - सम्पादक)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell