PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

ट्रान्सफर्मर बिग्रँदा रेडियो नेपालदेखि सर्वोच्च अदालत, मैतिदेवी, घट्टेकुलो, नक्सालमा विद्युत आपूर्ति बन्द



ट्रान्सफर्मर बिग्रँदा रेडियो नेपालदेखि सर्वोच्च अदालत, मैतिदेवी, घट्टेकुलो, नक्सालमा विद्युत आपूर्ति बन्द

काठमाडौँ : राजधानीका केही मुख्य स्थानमा आज बिहानदेखि विद्युत आपूर्ति बन्द भएको छ। 

नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार सिंहदरबारस्थित ६६/११ के भि के-३ सबस्टेसनको ११ केभि बसबारमा आज बिहान पौने ५ बजे उत्पन्न भएको प्राविधिक समस्याले यो समस्या देखिएको हो। सो सबस्टेसनबाट सप्लाइ हुने ८-१० वटा वितरण ट्रान्सफर्मरहरु नचलेपछि यसबाट विद्युत आपूर्ति हुने रेडियो नेपाल, पुरानो संसद भवन, विज्ञान प्रविधि मन्त्रालय, सर्वोच्च अदालत, न्युरो हस्पिटल, लगानी बोर्ड, सडक विभाग लगायत स्थानमा विद्युत आपूर्ति बन्द छ।

त्यस्तै कालिकास्थान फिडर अन्तर्गतका मैतिदेवी, घट्टेकुलो, नक्साल आदि केही स्थानहरुमा पनि विद्युत आपूर्ति भएको छैन।

अहिले मर्मत कार्यमा प्राविधिक कर्मचारीहरु खटिएका र मर्मत सुधारकालागी करिब तीन घण्टा लाग्ने अनुमान गरिएको प्रवक्ता अधिकारीले बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell