काठमाडौं : बालाजुस्थित फुलबारी गेटमा आज बिहान साढे ५ बजे भएको सवारी दुर्घटनामा एक युवतीको मृत्यु भएको छ।
ना ३ ख ६२१६ नम्बरको बसले बा ७२ प ६६६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल पछाडि सवार काठमाडौँ तार्केश्वर बस्ने ३५ वर्षीया गंगा फुयाँलको मृत्यु भएको हो।
मोटरसाइकल चालक ३८ वर्षीय राजकुमार फुयाँल घाइते छन्। घाइतेको शिक्षण अस्पताल महाराजगंजमा उपचार भैरहेको छ।
ठक्कर दिने बससहित चालकलाई प्रहरी वृत्त बालाजुले नियन्त्रणमा लिएको महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।