PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

स्ववियु निर्वाचन : कुन क्याम्पसमा को अध्यक्षको उम्मेदवार?



सविन ढकाल

स्ववियु निर्वाचन : कुन क्याम्पसमा को अध्यक्षको उम्मेदवार?

काठमाडौँ : तीन ठूला विद्यार्थी संगठनबीच आइतबार बिहान भएको सहमति अनुसार साँझ ७ बजेसम्म उम्मेदवारी दर्ता गराइसक्नुपर्ने सहमति भएपनि राजधानीका केही क्याम्पसमा उम्मेदवारी दर्ता गराएनन्। 

महाराजगन्जस्थित नर्सिङ क्याम्पस, जनप्रशासन, महाराजगन्ज मेडिकल, कोटेश्वर बहुमुखी, जनप्रशासन लगायतमा उम्मेदवारी दर्ता गराए पनि नाम कहलिएका क्याम्पसमा उम्मेदवारी दर्ता भएको छैन। नेविसंघका सहमहामन्त्री प्रेम जेशीले ताला नखुलेको कारण दर्ता नगरेको बताए। 

कुन क्याम्पसमा को उम्मेदवार?

त्रिवि केन्द्रीय क्याम्पस
स्ववियु चुनावमा निकै महत्वका साथ हेरिने क्याम्पसमा हो त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुर। अहिलेका यस क्याम्पसका विद्यार्थी नेतालाई भोलिको राष्ट्रिय नेताका रुपमा हेरिन्छ। अनेरास्ववियुले यहाँ हरिलाल भट्टराईलाई अगाडि सारेको छ। त्यस्तै अखिल क्रान्तिकारीले तिलकप्रसाद उपाध्यलाई प्रत्याशी बनाएको छ। नेविसंघले भने उम्मेदवार तोक्न सकेको छैन। 

पशुपति बहुमुखी क्याम्पस
नेविसंघको बाहुल्य रहेको पशुपति क्याम्पसमा अखिल क्रान्तिकारीले मदन लिम्बुलाई अध्यक्षमा उठाएको छ। त्यस्तै अनेरास्ववियुले एल के राईलाई अध्यक्षमा उठाउने घोषणा गरेको छ। 

सरस्वती बहुमुखी क्याम्पस
अखिल क्रान्तिकारीबाट सन्तोष रानाभाट अध्यक्षका दावेदार बनेका छन् भने अनेरास्ववियुले भीम रावललाई अघि सारेको छ। नेविसंघले तालाबन्दीको कारण सोमबार मात्र उम्मेदवारी दिने भएको छ। 

रत्नराज्यलक्ष्मी क्याम्पस
अनेरास्ववियुको गढका रुपमा चिनिने यो क्याम्पसमा उसले टपेन्द्रजंग शाहीलाई अध्यक्षमा उठाएको छ। अखिल क्रान्तिकारीले भने धुव्र वाग्लेलाई अगाडि सारेको छ।  

शंकरदेव क्याम्पस
अखिल क्रान्तिकारीबाट कपिल सिजापतिले अध्यक्षमा उम्मेदवारी दिएका छन्। अनेरास्ववियुले भने प्रकाश भुजेललाई अध्यक्षको प्रत्याशी बनाएको छ। नेविसंघले भने अध्यक्षको उम्मेदवार निर्णय गर्न बाँकी छ। 

पद्मकन्या क्याम्पस
पद्मकन्या क्याम्पसमा अखिल क्रान्तिकारीले दर्शना नेपालीलाई अध्यक्षको दावेदार बनाएको छ। अनेरास्ववियुले भने संगीता रेग्मीलाई अघि सारेको छ। नेविसंघले भने पद्यकन्यामा उम्मेदवारको टुङगो लगाएको छैन । 

ठाकुरराम बहुमुखी क्याम्पस
अखिल क्रान्तिकारीबाट प्रभाकर गुप्ता चुनावी मैदानमा जाने भएका छन्। नेविसंघ र अनेरास्ववियुले आइतबार रातिसम्म उम्मेदवार छनौट गरेको छैन। 

महेन्द्र मोरङ बहुमुखी क्याम्पस, विराटनगर
मोफसलको चर्चामा रहने क्याम्पस हो महेन्द्र मोरङ बहुमुखी क्याम्पस। अखिल क्रान्तिकारीले यहाँ जसिस न्यौपानेलाई अगाडि सारेको छ भने अनेरास्ववियुले लक्ष्मण पोख्रेललाई उठाउने भएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell