PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

पौडेलले केन्द्रीय समिति माग्दा देउवाले दिए महासमितिको जवाफ



पहिलोपोस्ट

पौडेलले केन्द्रीय समिति माग्दा देउवाले दिए महासमितिको जवाफ

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलले केन्द्रीय समिति बैठक बोलाउन गरेको मागलाई 'महासमिति बोलाउन नपर्ने' भन्दै जवाफ दिएका छन्।
 
राजदूत नियुक्तिदेखि अन्य गतिविधिमा समेत देउवाले एकलौटी निर्णय गर्ने र पार्टीमा संस्थागत स्वरुपलाई पनि कमजोर पारेको भन्दै समसामयिक विषयमा छलफल गर्न केन्द्रीय समिति बैठक बोलाउन लिखित निर्णयसहित माग गरेको थियो। महामन्त्री डा. शशांक कोइरालाको निवास महाराजगन्जमा भएको भेलाले तीनबुँदे निर्णय गरी लिखित रुपमा निर्णय हस्तान्तरण गरेर केन्द्रीय समिति बैठक बोलाउन माग गरेको थियो।
 
'राजदूत नियुक्तिका लागि महासमितिमा छलफल गर्नु पर्दैन,' देउवाले भने, 'राजदूत नियुक्तिका विषयमा केही असन्तुष्टिहरु छन्। तर यो महासमितिमा लैजाने विषय होइन।'

कांग्रेसको विधानमा महाधिवेशन भएको वर्ष बाहेक हरेक वर्ष महासमिति बैठक बस्ने प्रावधान छ। तर यो वर्ष महासमिति बैठक नबसी समय सकिन लागेको छ।

कांग्रेसमा सरकारदेखि पार्टी संयन्त्रमा एकलौटी भएको भन्दै पौडेल पक्षले असन्तुष्टि जनाइरहेको छ। असन्तुष्ट पौडेल पक्षले देउवाले 'पार्टीलाई संस्थागत स्वरुपबाट व्यक्ति केन्द्रित बनाएको' र पार्टीलाई 'अराजकतामा धकेलेको' लगायतका आरोप लगाउँदै शनिबार महामन्त्री डा. शशांक कोइरालाको निवासमा भेला गरी तीनबुँदे निर्णय गरेको थियो। पौडेल पक्षको भेलाले तीनबुँदे ध्यानाकर्षणसहित सभापति देउवालाई केन्द्रीय समिति बैठक डाक्न आग्रह गरेको थियो।
 
त्यही तीन बुँदेमा रहेको असन्तुष्टिमा राजदूत नियुक्तिदेखि सरकारका कामकारबाही एकलौटी ढंगले अघि बढाएको आरोप लगाएको थियो। तर देउलाले भने त्यसको सुनुवाइभन्दा पनि खण्डन गरिदिएका छन्।
 
देउवाको जवाफले हस्ताक्षर संकलन गरेर केन्द्रीय समिति बैठक बोलाउन आग्रह गर्ने धम्की दिएको पौडेल पक्षलाई मार्ग प्रशस्त गरिदिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell