PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

दुई मोटरसाइकल जुध्दा एकको मृत्यु, तीन बालिकासहित चार जना घाइते



पहिलोपोस्ट

दुई मोटरसाइकल जुध्दा एकको मृत्यु, तीन बालिकासहित चार जना घाइते

काठमाडौं : रुपन्देहीको जोगडा-४ सडकमा लु १९ प ६५२ र लु २४ प ६६४३ नम्बरको मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
 
दुर्घटनामा ६५२ नम्बरका मोटरसाइकल चालक रुपन्देही-७ बस्ने १८ वर्षीय नियाज अहमद मुसलमानको घटनास्थलमै मृत्यु भएको हो। सोही मोटरसाइकल पछाडि सवार रहेकी ७ वर्षीया खुसनामा मुसलमान, ११ वर्षीया राहत खातुन, १३ वर्षीया हसिना खातुन तथा ६६४३ नम्बरका मोटरसाइकल चालक लुम्बिनी संस्कृति-११ का १९ वर्षीय गणेश कुर्मीं घाइते भएका छन्।
 
घाइते मध्ये खुसनामा र कुर्मीको अवस्था गम्भीर रहेकाले उपचारको लागि मेडिकल कलेज भैरहवा पठाइएको छ। दुवै मोटरसाइकल इलाका प्रहरी कार्यालय सूर्यपुरको नियन्त्रणमा छन्। 
 
यस्तै पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको बडहरामाल– ५ मा ट्रयाक्टरबाट लडेर आज एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सिरहा मल्हनिया खोरी पिडारी– २ का नीतकुमार कापर रहेका छन्।
 
स १ त १८१६ नम्बरको ट्याक्टरबाट लडेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा सिरहाको कर्जनास्थित अस्पतालमा आज बिहान ९ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell