PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

तीन सयौं प्रिमियर लिग खेलमा फाब्रेगासको गोल, चेल्सीलाई ११ अंकको अग्रता



पहिलोपोस्ट

तीन सयौं प्रिमियर लिग खेलमा फाब्रेगासको गोल, चेल्सीलाई ११ अंकको अग्रता

शीर्ष स्थानको चेल्सीले यस सिजन प्रिमियर लिगको उपाधि यात्रालाई थप मजबुत बनाएको छ। शनिबार भएको खेलमा चेल्सीले स्वान्सीलाई हराउँदै ११ अंकको अग्रता बनाएको छ।

सेस फाब्रेगासले आफ्नो ३ सयौं प्रिमियर लिग खेलमा गोल गरेको दिन चेल्सीले स्वान्सीलाई ३-१ ले हरायो। 

फाब्रेगासले १९ औं मिनेटमा गोल गर्दै चेल्सीलाई  अग्रता दिलाएका थिए। पहिलो हाफको इन्जुरी टाइममो फर्नान्डो लरेन्टले गोल गर्दै खेल बराबरी गरे।

दोस्रो हाफमा चेल्सीले २ गोल थप्यो। ७२ औं मिनेटमा पेड्रोले गोल गर्दै चेल्सीलाई २-१ को अग्रता दिलाए। ८४ औं मिनेटमा डिएगो कोस्टाले गोलसँगै चेल्सीले ३-१ को जित हात पार्यो। 

जितपछि चेल्सीको २६ खेलबाट ६३ अंक भएको छ भने दोस्रो स्थानको म्यानचेष्टर सिटीमाथि ११ अंकले स्पष्ट अग्रता बनाउन सफल भएको छ। एक खेल कम खेलेको सिटीको ५२ अंक छ। 

लिग अन्तर्गत अन्य खेलमा एभरटनले सण्डरल्याण्डलाई २-०, वेष्टब्रोमले एएफसी बर्नमाउथलाई २-१ तथा क्रिस्टल प्यालेसले मिडल्स्ब्रोलाई १-० ले पराजित गरेको छ। हल सिटी र बर्नली तथा वाटफोर्ड र वेष्छह्याम युनाइटेडले १-१ गोलको बराबरी खेलेका छन्।
फोटो : https://www.premierleague.com



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell