PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

हिन्दुवादी युवाको विरोधका कारण कडा सुरक्षा घेराबीच अञ्जु पन्तले गाइन् गीत



राधेश्याम पटेल

हिन्दुवादी युवाको विरोधका कारण कडा सुरक्षा घेराबीच अञ्जु पन्तले गाइन् गीत

वीरगन्ज : हिन्दुवादी युवाको अवरोध प्रयासका कारण कडा सुरक्षा घेरा बीच गायिका अन्जु पन्तले शनिबार पर्सा ख्रीष्टियन समाज वीरगंजले आयोजना गरेको सांगीतिक तथा प्रार्थना कार्यक्रममा श्रोताहरु माझ भलाकुसारी गर्नुको साथै करिब आधा दर्जन कर्णप्रिय गीत सुनाइन्।

देशमा शान्ति र सम्पूर्ण बिरामी ,अशक्तहरुको लागि आयोजना गरिएको सांगीतिक तथा प्रार्थना कार्यक्रमको शुरुमै वीरगन्जका केही हिन्दूवादी युवाले अवरोध गर्न कोशिस गरेका थिए।  तर पर्सा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर कडा सुरक्षाका बीच कार्यक्रम सुरु गराएको थियो।

पर्सा ख्रीष्टियन समाज वीरगंजका अध्यक्ष तथा ओमआश्रम चर्चका पादरी सिंहका अनुसार प्रमुख धार्मिक गुरू स्वीडेनका टोम लिसा आउने कार्यक्रम भएतापनि परिस्थिति अनुकूल नहुँदा उनी आउन सकेनन्। सामूहिक प्रार्थन गर्दा बिरामी ,अशक्तहरुको दुःख पीडा कम गर्न सकिने विश्वासका साथ यस्तो कार्यक्रम गरिएको उनले बताए।

यता, हिन्दू धर्मवादी संगठनले धर्मको नाममा धर्म परिवर्तन गराउने गतिविधि भएकोले अवरोध गरिएको प्रतिक्रिया दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell