PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

११ फोटोमा हेर्नुस् आरआर क्याम्पसमा भएको भिडन्त

११ फोटोमा हेर्नुस् आरआर क्याम्पसमा भएको भिडन्त

दीपेन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौँ : विभिन्न विद्यार्थी सङ्गठनका तालाबन्दी तथा अवरोधका कारण त्रिभुवन विश्वविद्यालय र मातहतका आङ्गिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा मनोनयनको कार्यक्रम प्रभावित भएको छ । 

त्रिविका कुल ६० क्याम्पसमध्ये २१ वटा क्याम्पसमा मात्रै मनोनयन दर्ता भएको छ । त्रिविका शिक्षाध्यक्ष सुधा त्रिपाठीले काठमाडौँ उपत्यकाका केही क्याम्पसमा मात्रै मनोनयन दर्ता भएको जानकारी दिइन्। 

अधिकांश क्याम्पसमा नेपाल विद्यार्थी सङ्घले तालाबन्दी गरेको छ । नेत्रविक्रम चन्द निकटको अखिल (क्रान्तिकारी)ले पनि विभिन्न क्याम्पसमा अवरोध गरेका कारण मनोनयन दर्ता हुन नसकेको हो । 

सबै विद्यार्थी सङ्गठनको सहमतिमा त्रिविले तय गरेको कार्यतालिका अनुसार फागुन १८ गते निर्वाचन हुन लागेको थियो । अधिकांश क्याम्पसमा अवरोध भएपछि अनेरास्ववियु र अखिल (क्रान्तिकारी)ले भने त्यसको विरोध गरेका छन् । 

मनोनयनकै विषयलाई लिएर प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसमा आज अनेरास्ववियु र नेवि सङ्घबीच झडपसमेत भएको थियो । झडपमा नेविसंघका दुई जना घाइते भएका छन्। रासस


ट्रेन्डिङ पोस्ट

Ncell