PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

अनलाइन पत्रकार संघमा नयाँ कार्यसमिति निर्वाचित



काठमाडौँ : नेपाल पत्रकार महासंघसँग आवद्ध अनलाइन पत्रकार सङ्घको नयाँ कार्यसमिति आज निर्वाचित भएको छ।

संघको अध्यक्षमा ‘क्लिकमान्डु डट कम’का शिव सत्याल ६२ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिस्पर्धी अनलाइनखबर डट कमका अरुण बरालले २४ मत प्राप्त गरे। 

यस्तै उपाध्यक्षमा चन्द्र काफ्ले, सचिवमा केशव पाठक र कोषाध्यक्ष डिल्ली सापकोटा विजयी भए। केन्द्रीय पार्षदमा भने पुष्प दुलाल, केपी ढुङ्गाना, अजयबाबु शिवाकोटी, रामप्रसाद दाहाल, कुबेर चालिसे, प्रवेश सुवेदी, माधव चौलागाईं, प्रकाश ढुङ्गाना र दिनेश बस्नेत निर्वाचित भए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell