PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

टुङ्गियो १९ खेलको अपराजित यात्रा : घरमै भारतको फराकिलो हार, अष्ट्रेलियालाई १-० को अग्रता



पहिलोपोस्ट

टुङ्गियो १९ खेलको अपराजित यात्रा : घरमै भारतको फराकिलो हार, अष्ट्रेलियालाई १-० को अग्रता

फस्ट टेष्टमा अष्ट्रेलियाले भारतलाई उसैको घरमा ३३३ रनको फराकिलो अन्तरले पराजित गरेको छ। १२ वर्षपछि अष्ट्रेलियाले भारतलाई टेष्टमा भारतमै हराएको हो।

लगातार १९ खेलमा अपराजित रहेको विराट कोहलीको नम्वर वान टीम भारतले अष्ट्रेलिया विरुद्ध उक्त फर्मलाई दोहोर्याउन सकेन।

स्टिभ ओ किफले ६ तथा नाथन लियोनले ४ विकेट लिएपछि भारत पुनेमा तेस्रो दिनै फराकिलो रन अन्तर पराजित हुन पुग्यो।

जितमा लागि ४४१ रनको उच्च स्कोर पछ्याएको भारत ३३.५ ओभरमा १०७ रनमा अलआउट भयो।

१४३/४ बाट अष्ट्रेलियाले तेस्रो दिनको खेल सुरु गरेको थियो। कप्तान स्टिभ स्मिथले शानदार प्रदर्शन गर्दै भारतमा पहिलो टेष्ट शतक प्रहार गरे।

५९ बाट खेल सुरु गरेका उनले १०९ रन बनाए। एसियामा दोस्रो शतक बनाएका स्मिथले भारतिय भूमीमा शतक प्रहार गरेको भने यो पहिलो अवसर हो। समग्रमा स्मिथको यो १८ ओं शतक हो।

यस्तै मिचेल मार्सले ३१, मिचेल स्टार्कले ३०, म्याथ्य वेडले २० तथा नाथल लियोनले १३ रन जोडे। बलिङतर्फ भारतका लागि आर आश्विनले ४, रविन्द जडेजाले ३ तथा ेमेश यादवले २ विकेट लिए।

अष्ट्रेलियाले दोस्रो इनिङ्समा २८५ रन बनाएसँगै भारतले जितका लागि ४४१ रनको लक्ष्य पायो। भारतका लागि कुनै पनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।

चेतेश्वर पुजाराले बनाएको ३१ रन नै भारतका खेलाडीको व्यक्तिगत उच्च स्कोर रह्यो। अजिन्का रहाने १८, विराट कोहली १३ तथा लोकेस राहुलले १० रन बनाउनु बाहेक अनय खेलाडी दोहोरो अंक नजोड्दै आउट भए।

भारतलाई कम स्कोरमा रोक्न अष्ट्रेलियाका ओ'किफले पुनः एकपटक ६ विकेट लिए। उनले पहिलो इनिङ्मा पनि शानदार प्रदर्शन गर्दै ६ विकेट लिएका थिए।

टस जितेको अष्ट्रेलियाले पहिलो इनिङ्मा २६० रन बनाएको थियो भने भारत १०५ रनमै अलआउट भएको थियो।

कूल १२ वकेट लिएका अष्ट्रेलियाका स्टिफ ओ'किफ 'म्यान अफ दी म्याच' घोषित भए।

भारत र अष्ट्रेलियाबीचको सेकेण्ड टेष्ट बैंगलोरमा आगामी शनिबार सुरु हुनेछ।
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell