PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

तीन सवारी दुर्घटनामा तीन जनाको मृत्यु, दुई घाइते



पहिलोपोस्ट

तीन सवारी दुर्घटनामा तीन जनाको मृत्यु, दुई घाइते

काठमाडौं : चितवनको भरतपुर-११ बौद्धगुम्बामा गएराति मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
 
राति सवा ९ बजे ना २५ प ३८३९ नम्बरको मोटरसाइकलको ठक्करबाट स्थानीय ५४ वर्षीय वीरबहादुर विकको मृत्यु भएको हो। उनको उपचारको क्रममा भरतपुर मेडिकल कलेज चितवनमा मृत्यु भएको चितवन प्रहरीले जानकारी दिएको छ। पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल पनि पल्टिँदा घाइते भएका मोटरसाइकलमा सवार दुई जनाको सोही अस्पतालमै उपचार भइरहेको छ। घाइते मध्ये चालकको अवस्था गम्भीर छ।
 
यस्तै धनुषाको मिथिला-१ नक्टाझिझमा गएराति स्कारपियो गाडीको ठक्करबाट मोटरसाइकल चालक धनुषाकै क्षिरेश्वरनाथ-३ का २५ वर्षीय मुकेश बातरको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका चालकको उपचारको क्रममा भारतमा मृत्यु भएको हो।
 
मोटरसाइकलमा पछाडि सवार सोही ठाँउका २२ वर्षीय रमन ठाकुरको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ। नम्बर खुल्न नसकेको स्कारपियोले ज ५ प ५९७ नम्बरको मोटरसाइकललाई राति ९ बजे ठक्कर दिएको थियो। दुर्घटना पश्चात स्कारपियो सहित फरार रहेका चालकको खोजी भइहेको इलाका प्रहरी कार्र्यालय महेन्द्रनगरले जानकारी दिएको छ।
 
सिराहाको बस्तीपुर चोकमा पनि गएराति साढे १० बजे स १ त १८१६ नम्बरको गुडिरहेको ट्याक्टरबाट खसेर सिराहा मलनिया पिडारी-२ बस्ने १९ बर्षिय नितु कुमार कापरको मृत्यु भएको छ।
 
दुर्घटनामा गम्भीर घाइते कापरको उपचारको क्रममा फुलकुमारी मेमोरियल अस्पताल कर्जन्हामा मृत्यु भएको हो। दुर्घटनामा संलग्न ट्याक्टर प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक फरार छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell