PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

जनकपुरमा मोटरसाइकलको ठक्करबाट एकको मृत्यु



रासस

महेन्द्रनगर (धनुषा) : मोटरसाइकलले ठक्कर दिँदा गएराति जनकपुरमा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा जनकपुर उप–महानगरपालिका–७ बस्ने प्रेमनाथ पाण्डेका १९ वर्षीय छोरा महेश पाण्डे रहेको प्रहरीले जनाएको छ।
 
पुरोहित्याइँ कार्य गर्दै आएका उनी आफ्नो जजमानको घरमा पूजा गराउन साइकलमा सवार भई जनकपुरबाट महेन्द्रनगरतर्फ गइरहेको बेला लक्ष्मीनिया सडकखण्डमा ज ३ प २३५९ नंको मोटरसाइकलले पाण्डेलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। ठक्करले घाइते उनको उपचारका क्रममा जनकपुर अञ्चल अस्पतालमा मृत्यु भएको हो।
 
जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार मोटरसाइकल चालक जनकपुर उपमहानगरपालिका–१ बस्ने ३० वर्षीय अभिनित सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने मृतकको शवपरीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell