PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

​महाशिवरात्रिमा बिहानैदेखि पशुपतिमा दशनार्थीको भीड हेर्नुस् दश फोटोमा

​महाशिवरात्रिमा बिहानैदेखि पशुपतिमा दशनार्थीको भीड हेर्नुस् दश फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रिलाई असोज शुक्ल अष्टमीको रातको कालरात्रि, श्रीकृष्ण जन्माष्टमीको मोहरात्रि र लक्ष्मीपूजाको सुखरात्रि जत्तिकै महत्वपूर्ण मानिन्छ। 

महाशिवरात्रिका दिन शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने प्रचलन छ। उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ। 

आजका दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तन गरिन्छ। 
महाविशरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा छिमेकी मुलुक भारतबाट पनि ठूलो संख्यामा तीर्थालु भक्तजन आउने गर्छन।


ट्रेन्डिङ पोस्ट

Ncell