PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

​उपहारको लोभ देखाएर ठगी गरेको आरोपमा ब्लुस्काइका सञ्चालक पक्राउ



पहिलोपोस्ट

काठमाडौं : विदेशबाट उपहार पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाले ब्लुस्काई म्यानपावरका संचालक प्रेम कटुवाललाई पक्राउ गरेको छ ।

माछापुच्छ्रे बैकमा रहेको कटुवालको खातामा स्रोत नखुलेको २४ लाख रुपैयाँ भेटिएपछि अनुसन्धानका लागि महाशाखाले उनलाई पक्राउ गरेको हो।

बानेश्वरकी एक महिलालाई फेसबुकमा फेक आइडी बनाई ठगेको रकम उनले कटुवालको खातामा हालेको प्रहरीमा उजुरी आएपछि पक्राउ गरिएको महाशाखाका एसपी प्रकाशजंग कार्कीले जानकारी दिए ।

कटुवालविरुद्ध ठगी अभियोगमा अदालतबाट म्याद लिएर अनुसन्धान सुरु गरेको उनले बताए । प्रहरीले उनीसँगै भरत पाण्डे, जगदीश भट्टराई र प्रेमबहादुर गुरुङलाई पक्राउ गरेको हो ।

यसरी भयो ठगी

विनिता र एक अपरिचित युवकको भर्चुअल भेट भयो, फेसबुकमा। वर्षदिनअघि संगमले पठाएको फ्रेन्ड रिक्वेस्ट स्वीकार गरेपछि च्याट सुरु भयो। दुवैको भेट अहिलेसम्म भएको छैन। केही दिन अघि ती युवकले युकेबाट विनितालाई गिफ्ट पठाइदिने बतायो। विनिता दङ्ग परिन् र आफ्नो पूरा ठेगाना दिइन्। आइफोन सिक्स, गहना र केही मिठाइ।

'ल मैले सामानहरु पार्सल गरेर पठाइदिएँ है, संगमले च्याटमा लेखे।

गिफ्ट पाउन विनिता आतुर थिइन् उनी। तर गिफ्ट आएन। उताबाट संगमले गिफ्ट पाएनौ भनेर सोधिरहन्थे।

एक दिन विनिताको मोबाइलमा एक अपरिचित नम्बरबाट फोन आयो। फोन भारतबाट एक युवकले गरेका थिए। 'युकेबाट तपाईँको साथीले पठाएको सामान इन्डियाको एयरपोर्टमा आएर अल्झिएको छ। कर तिर्नुपर्ने भयो। केही रकमको आवश्यकता छु, उसले भन्यो।

विनिताले त्यो कुरा संगमलाई सुनाइन्। उनले त्यो केटाले भनेझैँ ६० हजार रुपैयाँ भारत पठाइ।
तर सामान आएन।

त्यसपछि उनी झसङ्ग भइन्। महाशाखामा उजुरी दिइन्। प्रहरीको अनुसन्धानमा उनले जम्मा गरेको रकम कटुवालको खातामा भैटियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell