PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

​चुनाव सुरक्षाको ब्याकफोर्समा सेना परिचालनको तयारी



पहिलोपोस्ट

​चुनाव सुरक्षाको ब्याकफोर्समा सेना परिचालनको तयारी

काठमाडौं : सरकारले स्थानीय तहको निर्वाचनमा सेना परिचालनको तयारी गर्दै विशेष सुरक्षा योजनाको गृहकार्य अगाडि बढाएको छ।
सरकारले आगामी बैशाख ३१ गते स्थानीय तह निर्वाचन गर्ने घोषणा गरेपछि गृह मन्त्रालयले मंगलबार गृह अन्तर्गतको नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागसँग बैठक गरेको थियो।

सो बैठकमा मधेसमा शुरु भएको आन्दोलन मुख्य चुनौती रहेको विश्लेषण गर्दै नेत्रविक्रम चन्द विप्लव समुह र सिके राउत समूहको गतिविधीलाई कडा निगरानीमा राख्नुपर्ने र निर्वाचनको विपक्षमा रहेका मधेसी मोर्चा लगायतका दललाई सफ्ट निगरानीमा राख्ने गरी विशेष सुरक्षा योजना बनाउनेबारे छलफल भएको थियो।

बैठकले संविधान सभाको दोस्रो निर्वाचनको तुलनामा सुरक्षा चुनौती बढी रहेको र सेना सहितको सुरक्षा संगठनको जनशक्ती समेत अपुग हुने भन्दै म्यादी प्रहरी समेत भर्ना गर्नुपर्ने निष्कर्ष निकालेको थियो। निर्वाचनमा सेनाको भुमिका के हुने भन्ने खुलेको थिएन।

गृहमन्त्री बिमलेन्द्र निधीले बिबिसी नेपाली सेवासँगको कुराकानीमा सेनाको भुमिकाबारे खुलाउँदै यसलाई ब्याकफोर्सको रुपमा प्रयोग गर्न सक्ने खुलाएका छन्।

नेपाल प्रहरी र सशस्त्रमा मुख्य सुरक्षा दायित्व रहेको र सहयोगीको रुपमा सेना परिचालन हुने उनले खुलाए। 'सेना परिचालन हुन चै हुन्छ' उनले भने।
 

संविधान संशोधन प्रस्ताव पारित हुन्छ

सुरक्षा चुनौतीका कारण निर्वाचन गर्न नसक्ने अवस्था नरहेको र मधेसमा समेत उत्साह रहेको उनले दावी गरे। मधेसी मोर्चालाई जानकारी गराएर निर्वाचनको मिति घोषणा गरेको उनले दावी गरे।

संविधान संशोधन प्रस्ताव पारित गरेर निर्वाचन गर्ने उनले बताए। गृहमन्त्री निधिले संविधान संशोधन प्रस्ताव पारित हुने उनले दावी गरे। उनले प्रतिपक्षमा निर्वाचनको मिति तोक्न नसक्ने भ्रम रहेको दावी गरे।

विपक्षी दललाई संविधान संशोधन प्रस्ताव पारित हुने भय रहेको उनको दावी थियो। एमालेको प्रस्तुती अलोकतान्त्रिक रहेको उनले दावी गरे।
संविधान संशोधन प्रस्तावमा परिमार्जन हुनसक्ने उल्लेखगर्दै उनले यस विषयमा छलफल भइरहेको बताए।

सत्ता हस्तान्तरणबारे माओवादी केन्द्र र कांग्रेसविचको समझदारी कायमै रहेको र यो राष्ट्रहितमा रहेको उनले दावी गरे।
 

प्रहरी आइजीपीबारे मतभेद छैन

बिबिसी नेपाली सेवासँगको कुराकानीमा निधिले प्रहरी प्रमुख चयनबारे आफु र पार्टी सभापतीविच कुनै मतभेद नभएको दावी गरे। प्रहरी महानिरिक्षक चयनमा पहिलो नम्बरका नवराज सिलवाल या तेस्रो नम्बरका जयबहादुर चन्द भन्नेबारे कांग्रेस सभापति देउवा र गृहमन्त्री निधीविच विवाद भएको थियो। 
पहिलो नम्बरमा रहेका सिलवालको पक्षमा देउवा सहमत नभएपछी उनले सरेन्डर गरेका थिए। गृहको सिफारिसको आधारमा चन्दलाई आइजीपी बनाउने सरकारको निर्णय अहिले सर्वोच्चमा विचाराधिन छ। बुधबारको बहस समेत हेर्दाहेर्दैमा परेको थियो।

बिबिसी नेपाली सेवासँगको कुराकानीमा उनले प्रहरी आइजीपी चयनबारे जारी विवादमा उनले केही भन्न नचाहने बताए। उनले आइजीपी चयनबारे कुनै मतभेद नभएको दावी समेत गरे।
 
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell