PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

ओलीलाई जन्मदिनको शुभकामना : व्यङ्ग्य, शुभेच्छा एकसाथ



पहिलोपोस्ट

ओलीलाई जन्मदिनको शुभकामना : व्यङ्ग्य, शुभेच्छा एकसाथ

काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बुधबार ६६ वर्षका लागेका छन्। गत वर्ष ओली जन्मदिनका दिन प्रधानमन्त्रीको रुपमा भारत भ्रमणमा रहेका थिए। संयोगले भारत भ्रमणका क्रममा परेको ६५ औं जन्मदिन उनले उतै केक काटेर मनाए। उनको जन्मदिन र विवाहको वर्षगाँठको अवसरमा भारतमा विशेष कार्यक्रम नै आयोजना भएको थियो।

बुधबार भने एमाले अध्यक्ष ओली बिहानै देखि राजनीतिक भेटघाटमा छन्। संसदीय दलको बैठक र प्रतिपक्षी गठबन्धनको बैठक र संसद बैठकमा उनी सहभागि हुदैँछन्। तर सामाजिक सञ्जालहरुमा भने ओलीले जन्मदिनका शुभकामना बटुलिरहेका छन्। कतिपयले मजाकिया शैलीमा जन्मदिनको शुभकामना दिएका छन् भने कतिपयले शुभेच्छा राखेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव समेत रहेका छोरा प्रकाश दाहालले ओलीको हाँसि राखेको फोटो राखेर जन्मदिनको शुभकामना दिएका छन्। अनि रिस राग नराख्न पनि भनेका छन्। 
 



भारतमा जन्मदिनको केक काट्दै केपी शर्मा ओली।









@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell