PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

वीरगञ्जमा माओवादी-कांग्रेस-एमालेविरुद्ध नारा लाग्यो,बुधबार साइकल पनि चल्न नदिने



राधेश्याम पटेल

वीरगञ्जमा माओवादी-कांग्रेस-एमालेविरुद्ध नारा लाग्यो,बुधबार साइकल पनि चल्न नदिने

वीरगञ्ज : संविधान संशोधन नगरी स्थानीय तहको निर्वाचन मिति तोकेको विरोधमा आन्दोलनमा उत्रिएको मधेसी मोर्चाले वीरगञ्जमा मसाल जुलुश निकालेका छन्। मंगलवार साझ ६ बजे घण्टाघरबाट शुरु भएको मसाल जुलुश आदर्शनगर चोक ,होटल कैलाश चोक ,घडिअर्वा पोखरी चोक हुदै पुनः घण्टाघरमा आएर कोण सभामा परिणत भएको थियो ।

जुलुशमा सहभागीले,प्रचण्ड ,एमाले र काग्रेस विरुद्ध नाराबाजी गरेका थिए। कोण सभामा मोर्चा आवद्ध नेताहरुले मोर्चाको समर्थनमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डले मोर्चाको सहमति बेगर चुनावको मिति घोषणा गरेर मधेसी दललाई धोका दिएको बताएका थिए।

संघिय समाजवादी फोरम नेपालका वीरेन्द्र यादव ,नेपाल सदभावना पार्टीका कृष्ण पटेल ,सदभावना पार्टीका धमेन्द पटेल र महिला नेतृ मालती कुशवाहा ,राष्ट्रिय मधेस समाजवादी पार्टीका प्रेमबाबु पटेल ,तराई मधेस लोकतान्त्रिक पार्टीका जटाशंकर तिवारीलगायतले सम्बोधन गरेका थिए ।

बुधवारको मधेस बन्दमा साइकल पनि चल्न नदिने नेताहरुले चेतावनी दिएका छन् । संविधान सशोधन नगरी कुनै पनि हालतमा मधेसमा चुनाव हुन नदिने उनीहरुले बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell