PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

अन्तर्राष्ट्रिय साहित्य-संस्कृति महोत्सव भोलिदेखि काठमाडौँमा



पहिलोपोस्ट

अन्तर्राष्ट्रिय साहित्य-संस्कृति महोत्सव भोलिदेखि काठमाडौँमा

काठमाडौँ : नेपाल-कोरिया साहित्य-संस्कृति तथा कला महोत्सव भोलिदेखि काठमाडौँमा सुरु हुने भएको छ। नेपाली लेखक संघ र युरेसिया कल्चर फोरमको संयुक्त आयोजनामा महोत्वस हुन लागेको हो। 

महोत्सवको उद्घाटन बुधबार बिहान साढे दस बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने छन्। काठमाडौँको कमलदास्थित प्रज्ञा भवनमा सुरु हुने महोत्सव तीन दिनसम्म चल्नेछ। कोरियाबाट महोत्सवमा सहभागी हुन सय जना कलाकारहरुको टोली नेपाल आइसकेको छ। नेपालका तर्फबाट भने लेखक, साहित्यकार कलाकार, पत्रकार, राजनीतिज्ञ तथा मन्त्रीहरु गरी करिब एक हजार जना सहभागी हुने कार्यक्रम रहेको नेपाली लेखक संघले जनाएको छ।

साहित्य-संस्कृति तथा कला महोत्सवमा कोरिया र नेपालका ५०/५० जना कलाकारहरुका चित्रकला प्रदर्शनी, दुवै देशका कवि तथा गजलकारहरुबाट प्रस्तुति तथा वहस, सांस्कृतिक कार्यकम तथा कला साहित्य र समाजशास्त्रका विषयमा दुवै देशका तर्फबाट चार-चार वटा कार्यपत्रसमेत प्रस्तुत हुनेछन्। प्रज्ञा भवनमा सुरु हुने महोत्सवको समापन भने कोरियाली कलाकारलाई रिसेप्सनसहित होटल हिमालय कुपण्डोलमा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell