PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

​स्थानीय तह निर्वाचन घोषणाप्रति वैद्य मौन : न स्वागत न विरोध



अरुण सापकोटा

​स्थानीय तह निर्वाचन घोषणाप्रति वैद्य मौन : न स्वागत न विरोध

काठमाडौं : स्थानीय तहको निर्वाचनको मिति घोषणापछि नेत्रविक्रम चन्द विप्लवले विज्ञप्ति निकालेर विरोध गरे। दोस्रो संविधान सभाको निर्वाचन बहिष्कार गरेको मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी माओवादीले कुनै प्रतिक्रिया जनाएको छैन।

सरकारसँग असन्तुष्ट रहेका मधेशी मोर्चा आन्दोलित छ। अन्य राजनीतिक दलले चुनाव घोषणाको स्वागत र विरोध गरिरहेका छन्। वैद्य र उनको पार्टी भने मौन छ। उसले न यसको स्वागत नै गरेको छ न कुनै विरोध।

निर्वाचन मिति घोषणापछि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र चौथौ दल राप्रपाले स्वागत गरेको छ । मधेशी मोर्चाले विरगञ्जमा प्रधानमन्त्री प्रचण्डको पुत्ला जलायो। उसले विभिन्न आन्दोलनका कार्यक्रम समेत घोषणा गरिसकेको छ।

त्यस्तै वैद्यसँग सम्बन्ध विच्छेद गरेर नयाँ पार्टी बनाएका नेत्रविक्रम चन्द ‘विप्लव’ले पनि रोल्पामा चलिरहेको पार्टीको बन्द सत्रबाटै विज्ञप्ति निकालेर आपत्ति जनाइसके।

वैद्यले चुनावको मिति घोषणा गर्ने सरकारको निर्णयप्रति कुनै प्रतिक्रिया जनाएनन्। पहिलोपोस्टले प्रतिक्रिया बुझ्न टेलिफोन सम्पर्क गर्दा वैद्य अस्वस्थ भएकोले बोल्न मानेनन् भने अर्का नेता सीपी गजुरेल राजधानी बाहिर रहेकोले अहिले कुनै छलफल नभएको र काठमाडौं आएपछि छलफल गर्ने बताए।

दोस्रो संविधान सभालाई अवैध र त्यसबाट घोषणा भएको संविधान अपुर्ण रहेको भन्दै विरोध गरिरहेका वैद्य स्थानिय तहको चुनावमा भाग लिन सक्ने सम्भावना छ।

परिस्थीति हेरेर चुनावमा भाग लिन सकिने भन्दै बैद्य समूहले ०७३ को भदौमा गजुरेलको नेतृत्वमा ‘देशभक्त जनगणतान्त्रिक मोर्चा’ बनाएर निर्वाचन आयोगमा दर्ता समेत गरिसकेको छ।

चुनावी प्रयोजनका लागि पार्टी भित्रै मोर्चा बनाउनु र सरकारले स्थानीय तहको चुनाव घोषणा गरिसक्दा पनि कुनै प्रतिक्रिया नजनाउनुले यसलाई थप बल पुर्‍याएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell