PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कथासंग्रह ‘रोल्पा सुइना’ सार्वजनिक



पहिलोपोस्ट

कथासंग्रह ‘रोल्पा सुइना’ सार्वजनिक

काठमाडौं : लेखक तथा पत्रकार नवीन विभासको कथासंग्रह ‘रोल्पा सुइना’ विमोचन भएको छ। सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानमा चलिरहेको पुस्तक प्रर्दशनीमा विभासको पुस्तक विमोचन गरिएको हो। पुस्तकलाई लेखक खगेन्द्र सङ्ग्रौला, कैलाश राई, आदित्य अधिकारी, पत्रकार वसन्त बस्नेत र पुस्तकका लेखक विभासले संयुक्त रुपमा सार्वजनिक गरेका थिए।



राप्ती क्षेत्रको दुर्गम जिल्ला र माओवादी जनयुद्धको उद्गम स्थल मानिने रोल्पाको राजनीतिक परिवेश, जीवन भोगाइ, र असरहरुलाई विभासले कथामा उतारेका छन्। द्वन्द्वकथा, द्वन्द्वोत्तर कथा र कथा विविध गरी तीन भागमा विभाजित कथा संग्रहमा ३७ वटा कथाहरु समावेश गरिएका छन्।
 
माओवादी जनयुद्धका समयका घटनाहरुलाई ‘द्वन्द्व कथा’, शान्ति प्रक्रियापछिका घटनाहरुलाई ‘द्वन्द्वत्तर कथा’ र त्यो बाहेकका विषयमा लेखिएका कथाहरुलाई ‘कथा विविध’मा राखिएको छ।
 
नेपाली र अंग्रेजी भाषामा पत्रकारिता गरिरहेका विभास द्वन्द्व र राजनीतिबारे कलम चलाइरहेका छन्। यसभन्दा पहिले विभासका पु्स्तक 'आधाबाटो हिँडेपछि' (कथासंग्रह, २०५७), 'मौसमका हरफहरु' (कवितासंग्रह २०५८), 'रात पनि ऐठन परेको रातमा' (निबन्धसंग्रह २०६०) र उनको सहलेखनमा २०५९ मा एउटा गजलसंग्रहसमेत प्रकाशित भइसकेका छन्।
 
विभासको यो पुस्तकलाई साङ्ग्रिला बुक्सले बजारमा ल्याएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell