PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

​उडिरहेको जहाजमा बेहोस भएकी यात्रुको ज्यान यसरी जोगियो : क्याप्टेन विजय लामाको रेस्क्यु अनुभव



उमेश पौडेल

​उडिरहेको जहाजमा बेहोस भएकी यात्रुको ज्यान यसरी जोगियो : क्याप्टेन विजय लामाको रेस्क्यु अनुभव

काठमाडौं: आइतबार दुबर्इवाट नेपाल फर्किनका लागि नेपाल वायुसेवा निगमको नियमित उडान थियो। दुबर्इबाट नेपाल फर्किदै गरेको नेपाल एयरलाइन्सको 'आरए २३०' जहाजमा एक महिला यात्रु एक्कासी बेहोस भइन्।

दिल्लीबाट बनासरतिरको आकासमा आएपछि यात्रुको स्वास्थ्य अवस्था धेरै नै बिग्रियो। विमान उडाइरहेका थिए पाइलट क्याप्टेन विजय लामाले। यात्रुको ज्यान जोगाउन जहाज डाइभर्ट गर्नुको विकल्प थिएन। नजिकै थियो दिल्लीमा थियो।

सामान्यतया जहाजमा मेडिकल डाक्टर राख्ने चलन हुँदैन, यात्रु जहाजमा चढ्नु अगाडि नै यात्रुहरुको स्वास्थ्यको बारेमा अवस्था के छ भनेर सोध्ने गरिन्छ।

उनले दिल्ली एयरपोर्टमा सम्पर्क गरे र इमर्जेन्सी ल्याण्डिङको अनुमति मागे। उनले अनुमती पाए र यात्रुको ज्यान जोगियो। क्याप्टेन लामाले आरजे सविना कार्कीलाई उनले चलाउने 'सव्सकास्ट'मा इमर्जेन्सी समयमा के भएको थियो ! सबै सुनाएका छन्।

के भएको थियो त्यो समयमा र यात्रुहरुले के कुरामा ध्यान दिनुपर्छ ?
क्याप्टेन लामाकै शब्दमा।
 

विजय लामा, क्याप्टेन नेपाल एयरलाइन्स

हामी जहाजमा दुबईबाट काठमाडौंतर्फ उडान भरिरहेका थियौं। बाटोमा एउटा यात्रुलाई  अलि अप्ठेरो पर्यो । छिनछिनमा फेन्ट हुने अनि सास बढ्ने । कहिले होस हुने कहिले नहुने भइरहेको थियो। मलाई खवर आयो र मैले को पाइलटलाई भेट्न पठाएँ र हेर्दा अलि सिरियस रहेको पाइयो।

अब हामीले विमानलाई डाइभर्ट गर्ने कि नगर्ने भन्ने कुरा आयो त्यसपछि मैले हाम्रो जहाजमा कोही मेडिकल रिलेटेड डाक्टर हुनुहुन्छ कि भनेर सोध्दा डाक्टरसाप त हुनुहुँदो रहेनछ जहाजमा।

एकजना हेल्थ असिस्टेन्ट देवकान्त भाइ हुनुहँदो रहेछ। उहाँले एकछिन हेरिदिनुभयो अनि हामीले अक्सिजन दिने काम गर्यौं अनि रिभाइभ हुँदै थियो।

हामी आउँदै गर्यौ र कतै डाइभर्ट गर्नका लागि एक्लो महिला परेको कारणले हामीले गर्न सकेनौं।

हामी दिल्ली क्रस गरेर बनासरतर्फ आउने क्रममा कदास भन्ने ठाउँमा आउँदा विरामी निकै सिकिस्तै हुनुभयो।

फेरि काठमाडौंको मौसम पनि भिजिविलिटी एकहजार मिटर भएका कारणले र हामीसँग प्रोपर मेडिकल असिस्टेन्ट नभएकाले हामीले प्यासेन्जर पेसेन्टलाई उडाइरहनुपनि उचित नदेखेको कारणले तत्कालै दिल्लीमा जहाज डाइभर्ट गर्ने निर्णय गर्यौ।

मेडिकल हेल्पकालागि इमर्जेन्सी ल्याण्डिङ गर्यौ। आजबाट हामीले के कुरा सिक्यौ भने प्राय प्यासेन्जरहरु विमारी हुनुभयो भने हाम्रो एयरलाइन्सको सबैभन्दा ठूलो मोट्टो भनेको नै यात्रीहरुको सुरक्षा रहेको हुन्छ।

त्यो कुरालाई ध्यानमा राखेर हामीले उडान भर्ने गर्छौं। त्यो कसैको पनि जीवन जोखिममा राख्ने काम गर्नु हुन्न र ज्यान बचाउने काम हाम्रो हो।

र त्यहि सोचेर नै हामीले जहाज डाइभर्ट गर्यौ। डाइभर्ट गरेपछि दिल्लीमा रहेका हाम्रा आरएका कर्मचारीहरुले र त्यहाँ रहेका विडब्लुएफएसका गार्डहरुले हामीलाई इमर्जेन्सी मेडिकल ल्याण्ड गर्न दिए र त्यसपछि डक्टरसापहरु आउनुभयो।

उहाँको मेडिकल रिपोर्टहरु हेरेर उहाँलाई हामीले दिल्लीमै छोडेर आयौ र नेपाल एयरलाइन्सका कर्मचरी र म्यानेजमेन्ट हामी सबै मिलेर कसरी हुन्छ हाम्रो यात्रुलाई सहि ठाउँमा सहि समय पुर्याएर उहाँको  ज्यानमा कुनै असर नपर्नेगरी र हेल्दी होस् भनेर हामीले जहाज डाइभर्ट गरेका हौं।

तर हामीचाँही के भन्न चाहन्छौ भने यात्रुहरुको मेडिकल प्रोब्लमहरु छन् भने बोर्डिङ पास लिनुभन्दा अगाडि र चेकिङ गर्नुभन्दा अगाडि काउन्टरमा एकपटक भन्दिनुस् कि तपाइलाई के समस्या रहेको छ।

 
त्यसपछि हामीलाई पनि सतर्क बस्न आवश्यक रहन्छ र केहि परेको खण्डमा हामीले विशेष समयमा  तत्कालै सहयोग गर्न सक्छौ भन्ने हामीलाई विश्वास लाग्छ।

अहिले मलाई खबर त आएको छैन केहि समयमा खवर आउँछ होला हामीले उहाँलाई दिल्लीमै छोडेका छौ र हाम्रो निगमको कर्मचारी हरि पुडासैनी, मुकेश र त्यहाँ रहनुभएका व्यक्तिहरुले हेरिरहनु भएको छ।

म नेपाली यात्रु र हाम्रो कर्मचारीहरुलाई धन्यवाद दिन चाहन्छु । उहाँहरुले हामीलाई सहयोग गर्नुभयो। नेपाल एयरलाइन्समा उडेर उहाँहरुले सेवा लिइरहनुभएको छ र हामीले त्यो सेवा दिन सकेका छौं त्यो हाम्रोलागि धेरै ठूलो कुरा हो। त्यो हाम्रो लागि नेपालको सन्तान जस्तै हो। नेपाल एयरलाइन्स अहिले करिव ६० बर्ष पुग्न लाग्यो जनताको सेवा गरेको ।

मलाई जहाँसम्म लाग्छ, यो हरेक दिन यात्रुले बुझेको कुरा हो। र  अन्त्यमा के भन्न चाहन्छु भने हामीले पनि तपाईहरुलाई सेवा गर्न पाउँ र सँगसँगै तपाइहरुले पनि हाम्रो कठिनाइलाई बुझिदिनुपर्छ र हामीलाई जुन किसिमको सहयोग दिनुभयो त्यहि किसिमको सहयोगको अपेक्षा सँधैभरी राख्छौं, धन्यवाद। (तस्विरहरु क्याप्टेन बिजय लामाको फेसबुकबाट साभार गरिएको हो।)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell