PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सिन्धुलीगढीको इतिहास बुझाउने पुस्तक ‘नेपालको इतिहासमा सिन्धुलीगढी' सार्वजनिक



पहिलोपोस्ट

सिन्धुलीगढीको इतिहास बुझाउने पुस्तक ‘नेपालको इतिहासमा सिन्धुलीगढी' सार्वजनिक

काठमाडौं : तत्कालीन अंग्रेजी सेनालाई परास्त गरेको ऐतिहासिक स्थल सिन्धुलीगढीबारे लामो समयदेखि अनुसन्धान गरिेरहेका सागर ढकालले ‘नेपालको इतिहासमा सिन्धुगढी’ पुस्तक ल्याएका छन्।
 
समृद्ध सिन्धुली अभियानले आयोजना गरेको कार्यक्रममा पर्यटन बोर्डका संचालक सदस्य घनेन्द्र श्रेष्ठ, बोर्डका निमित्त निर्देशक सुनिल शर्मा, साइकल यात्री देवेन्द्र बस्नेत र डाउनहिल साइक्लिङकी नेपाल च्याम्पियन लक्ष्मी मगरले पुस्तक सार्वजनिक गरे।
 
पुस्तकले सिन्धुलीगढीसँग सम्बन्धित तीन खास कुरा लाई उजागर गरेको छ। सिन्धुलीगढी क्षेत्रको वैदिककालीन अस्तित्व र धार्मिक महत्व, सिन्धुलीगढी क्षेत्र वरपर रहेको धार्मिक तथा पुरातात्विक महत्वका दुर्लभ सन्दर्भहरु, राजा जनकको दरबारका विप्र याज्ञवल्क्यको तपोभुमि तथा सिद्धि प्राप्त गरेको सन्दर्भ पुस्तकमा छन्।
 
नेपाल एकीकरणको संगीन घडिमा सिन्धुलीगढी क्षेत्रमा पृथ्वीनारायण शाहले निर्माण गरेको भद्रकाली मन्दिरको सन्दर्भहरु पुस्तकमा समेटिएका छन्। सिन्धुलीगढीको सामरिक र आर्थिक महत्वको सन्दर्भ, सिन्धुलीगढी क्षेत्रमा मल्लकालिन समयदेखि नै भन्सारचौकी भएको र यसको आर्थिक महत्वको कारणमा विभिन्न कालखण्डका शासकहरुबीच भएको संघर्ष पुस्तकमा उल्लेख छ।

पुस्तकमा नेपालको एकीकरणमा बाधा अड्चन पुर्‍याउने अभियानमा आएका अंग्रेजी फौजसँगको गोर्खालीहरुको युद्धको विस्तृत विवरण छ। नेपालको इतिहासमा समेटिन नसकेका सिन्धुलीगढीको लडाइँका दुर्लभ सन्दर्भहरु पनि पुस्तकमा समेटिएका छन्।
 
इतिहासका घटनाक्रमलाई कथाजसरी प्रस्तुति गरिएकाले पुस्तक सरल बनेको छ। संसारमा साम्राज्य खडा गर्न अगाडि बढेको अंग्रेज सेनालाई परास्त गरेको सिन्धुली गढीको इतिहास बुझ्न चाहनेहरुका लागि पुस्तक पठनीय रहेको सार्वजनिक कार्यक्रमका वक्ताहरुले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell