PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

धितोपत्र बोर्डले गर्‍यो लगानीकर्ताका लागि सजिलो व्यवस्था, अब खाताको विवरण अनलाइनमा



पहिलोपोस्ट

धितोपत्र बोर्डले गर्‍यो लगानीकर्ताका लागि सजिलो व्यवस्था, अब खाताको विवरण अनलाइनमा

काठमाडौं : नेपाल धितोपत्र बोर्डले लगानीकर्तालाई आफ्नो खाताको विवरण अनलाइनमा हेर्न पाउने व्यवस्था गरेको छ।
 
अब शेयर लगानीकर्ताले आफ्नो डिपी खातामा कुन कुन कम्पनीको शेयर छ भनेर आफैंले अनलाइनमा हेर्न सक्नेछन्।
 
बोर्डको २७ माघको बैठकले सिडिएस एन्ड क्लियरिङ लिमिटेडको धितोपत्र केन्द्रीय निक्षेप सेवा (दोस्रो संशोधन) विनियमावली २०७३ र धितोपत्र कारोबार राफसाफ तथा फर्छ्यौट (दोस्रो संशोधन) विनियमावली २०७३ पारित गरी उक्त व्यवस्था गरेको हो।
 
साथै विनियमावली संशोधन पश्चात राफसाफ सदस्य माथिको कारबाहीलाई पनि केही खुकुलो बनाएको छ। समयमा राफसाफ नगर्दा या गलत कागजात पेश गर्दा राफसाफ सदस्यले सात कार्यदिन काम गर्न नपाउने ब्यवस्था संशोधन गरि तीन दिनमा झारिएको हो।
 
संशोधन मार्फत कुनै कम्पनी वा रजिष्ट्रार  तथा हस्तान्तरण प्रतिनिधी, निक्षेप सदस्य  वा दलालले गलत विवरण टिपाए वा कारोबारमै गल्ति गरे पनि सच्याउने ब्यवस्था मिलाएको बोर्डले जनाएको छ। यसबाट शेयर राफसाफ एवं फर्छ्यौट सम्बन्धी प्रक्रिया थप सहज र छोटो हुने विश्वास बोर्डले लिएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell