PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

हल्ला चल्दाचल्दै टुसाएको प्रेम : फुटबलर, गायक, नेता अनि पूर्व-डिआइजीको प्रेमयात्रा



पहिलोपोस्ट

हल्ला चल्दाचल्दै टुसाएको प्रेम : फुटबलर, गायक, नेता अनि पूर्व-डिआइजीको प्रेमयात्रा

काठमाडौं : गेमले जुराएको जोडी। किशोर उमेरमा रोपिएको प्रेमले जुटाइदिएको साहस। हल्ला चल्दा चल्दै टुसाएको प्रेम अनी बाल्यकालमै आमाले छानिदिएकी बुहारीप्रतिको दिवानापन। सन् २०१७ को भ्यालेन्टाइन्स डे मा हामीले यही चार कोणका चार रोचक प्रेम यात्रा पस्कियौ।

पहिलो प्रेमिल जोडी थियो फुटबलर असिमजंग कार्की र पौडिबाज सोनिरा विष्टको। जसको प्रेम दक्षिण कोरियाको इन्चोकमा टुसायो अनी नेपालमा फक्रियो। भारतको गुवाटीमा पुगेर सहमती भयो संगै जीउने,स‌गै मर्ने।

दोस्रो प्रेम यात्रा झनै रोचक र फिल्मी गायक दिपक लिम्बु र लक्ष्मीको। किशोर उमेरमा टुसाएको प्रेम जोखिममा परेपछि उनीहरुले किशोरकालमै स‌ंगैको यात्रा शुरु गरे। पुरै फिल्मी शैलीको छ उनीहरुको प्रेम । रोमान्स, विरह, जोखिम अनी सुखद मिलन मिसिकको।

तेस्रो प्रेम कथा छ निरस मानिने राजनीतिले जुराइदिएको जोडि प्रदीप पौडेल अनी एन्जिला न्यौपानेको। कसरी हल्ला चल्ला चल्दै यी दुबै नजिकिए अनी टायरको धुँवाको विचमा कसरी प्रेम मधुर वासनामा यी दुबै मोहित भए ! निक्कै रोचक छ प्रदीप- एन्जिलाको प्रेमयात्रा।

चौथो प्रेम यात्रा पस्कियौ अपराध अनुसन्धान अनी अपराधीको खोजीमा ३० वर्ष विताएका नेपाल प्रहरीका पूर्व डिआइजी हेमन्त मल्लको । जन्मनासाथ आफ्नी आमाले जिस्केर यो त मेरी बुहारी है भन्दै छानेकी सवितासँग उनी कसरी लट्ठिए रोचकसँग पहिलोपोस्टसँग आफ्नो प्रेम यात्रा साटेका छन् उनले। चार कोणका यीनै चार प्रेम यात्रा एकै स्थानमा पस्केका छौ ।

गेमकै बीचमा प्रपोज : इन्चोनमा टुसाएको फुटबलर असिम र स्वीमर सोनिराको प्रेम

भौतिक रुपमा नजिक नभएपछि उनीहरुबीच भर्चुअल प्रेम अँकुराइसकेको थियो। एकापसमा मनका कुरा शेयर हुन थालिसकेको थियो। 'सुरुमा त म उहाँलाई दाइ भनेर बोलाउँथेँ,' पहिलो भेटलाई यसरी सम्झिइन् सोनिराले।


टायरको धुवाँबीच मगमगाएको प्रदीप-एन्जिलाको प्रेम

प्रदीपले एन्जिलाई सोध्ने - के तिमी मलाई मन पराउँछौं?
एन्जिलाको जवाफ थियो, 'मलाई त तपाईं ठिक लाग्छ, तपाईको खोजी कस्तो हो म फिट हुन्छु/हुन्न?'
एन्जिलाको यही सकारात्मक जवाफ नै प्रदीपका लागि ग्रिन सिग्नल थियो। 


फिल्मीझैं लाग्ने रियल प्रेम : विवाह तोडेर दीपकसँग यसरी भागेकी थिइन् लक्ष्मी ​​

आफन्तको घर–घरमा बिहेको कार्ड पुगिसकेको थियो। बैसाख १८ गते स्कुल हिँडेकी लक्ष्मी घर नै फर्किनन्। भागिन् आफ्नो प्रेमीसँग।२०५६ सालमा भागेर विवाह गर्ने निर्णय लिँदा दुवै भर्खर कक्षा ९ मा पढ्थे। उमेरले दीपक १७ वर्षका र लक्ष्मीले १५ मात्र टेकेकी थिइन्।


चिना च्यातेपछि जोडिएको सम्बन्ध : पूर्व-डिआइजी हेमन्तको प्रेमयात्रा

सविता विवाहको सपिङका लागि परिवारसँगै बजार निस्केको बेलामा हेमन्त देखिए। उनी केही बेरमै फर्किइन्।
आमाले सोधिन्, 'कस्तो लाग्यो छोरी हेमन्त?'
 'बोरिङ्' सविताले हाँस्दै त्यो बेलाको जवाफ सुनाइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell