PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

कुन मन्त्रालयमा को सचिव लगिए?



कुन मन्त्रालयमा को सचिव लगिए?

​काठमाडौँ : मन्त्रिपरिषद्को बिहीबार राति अबेरसम्म बसेको बैठकले विभिन्न मन्त्रालय र  निकायमा सचिवको पदस्थापना, सरुवा र कायमुकायम तोकेको छ।  

मन्त्रिपरिषद्का प्रवक्ता मिनेन्द्र रिजालका अनुसार निम्न मन्त्रालय र निकायमा निम्न व्यक्ति तोकिएका छन्-

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कामु सचिवमा प्रेमकुमार राई, 
अर्थ मन्त्रालयका सचिवमा सुमनकुमार शर्मा, 
उद्योग मन्त्रालयका सचिवमा उत्तम भट्टराई, 
जल तथा ऊर्जा आयोगको कामु सचिवमा ईश्वरी पौडेल, 
नेपाल ट्रस्टको कार्यालयका सचिवमा नरबहादुर रजवार,  
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयका सचिवमा रञ्जन लाकौल
महिला, बालबलिका तथा समाजकल्याण मन्त्रालयका सचिवमा धनबहादुर तामाङ, 
युवा तथा खेलकुद मन्त्रालयका सचिवमा दीपेन्द्रनाथ शर्मा, 
राष्ट्रपतिको कार्यालयका सचिवमा अनुप उपाध्याय, 
राष्ट्रिय योजना आयोग सचिवालयका सचिवमा शारदाप्रसाद त्रिताल
राष्ट्रिय सतर्कता केन्द्रका कामु सचिवमा रमेशकुमार शर्मा, 
राष्ट्रिय सूचना आयोगका  कामु सचिवमा जीवनप्रभा लामा, 
लोकसेवा आयोगका सचिवमा  विष्णुप्रसाद लम्साल, 
वन तथा भूसंरक्षण मन्त्रालयका सचिवमा शरदचन्द्र पौडेल, 
शान्ति तथा पुनःनिर्माण मन्त्राललका कामु सचिवमा खुमराज पुञ्जाली,
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवमा सुरेशमान श्रेष्ठ 
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिवमा सोमलाल सुवेदी, 
सहकारी तथा गरिबी निवारणका सचिवमा श्रीधर गौतम, 
सहरी विकास मन्त्रालयका सचिवमा अर्जुनबहादुर कार्की, 
सार्वजनिक खरिद अनुगमन कार्यालयका कामु सचिवमा टङ्कमणि शर्मा, 
सूचना तथा सञ्चार मन्त्रालयका कामु सचिवमा सुनिलबहादुर मल्ल,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिवमा  शान्तबहादुर श्रेष्ठ  

क्षेत्रीय प्रशासक
पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालयका कामु प्रमुखमा अन्नपूर्णा दास, 
पश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयका कामु प्रमुखमा दिनेश थपलिया 
मध्यपश्चिम क्षेत्रीय प्रशासन कार्यालयका कामु प्रमुखमा  विजयकुमार मल्लिक 

नियुक्ति
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको कार्यकारी निर्देशकमा रामप्रसाद धिताल, 
राष्ट्रिय सहकारी विकास बोर्डका सदस्यसचिवमा प्रसन्नकुमार कोइराला, 
स्वास्थ्य मन्त्रालयको १२औँ तहको विशिष्ट श्रेणी सरहको तहमा डा विमल ढकाल, 
सिंहदरबार वैद्यखाना विकास समितिका अध्यक्षमा प्रा डा रामवृक्ष साहु  
नेपाल खानेपानी संस्थानका अध्यक्षमा परमेश्वर पोखरेल
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell