PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

भारतको सीमा जोगाउन खटिएका तीन नेपाली गोर्खा सैनिकको मृत्यु



भारतको सीमा जोगाउन खटिएका तीन नेपाली गोर्खा सैनिकको मृत्यु

काठमाडौँ : भारतको सीमा जोगाउन खटिएका तीन नेपाली गोर्खा सैनिकको काश्मिरमा मृत्यु भएको भारतीय मिडियाले जनाएको छ। 

डिएनए इन्डियाले श्रीनगरस्थित रक्षा प्रवक्ता राजेश कालियालाई उद्धृत गर्दै दुई हवल्दार र एक राइफलम्यानको मृत्यु भएको उल्लेख गरेको छ। मृत्यु हुनेमा हवल्दार ३८ वर्षीय गिरिश गुरुङ, ४० वर्षीय हवल्दार डमर बहादुर पुन र २३ वर्षीय राइफलम्यान रबिन शर्मा रहेका छन्।

भारत र पाकिस्तानको सीमा छुट्याउने लाइन अफ कन्ट्रोलको नौगाम सेक्टरमा अपरेसनका क्रममा यी तीन नेपालीको मृत्यु भएको हो। 

कास्कीको नगिधर गाउँ निवासी गिरिश गुरुङले १९ वर्ष भारतीय सेनामा काम गरेका थिए। उनकी पत्नी पञ्चमाया गुरुङ र दुई सन्तान रहेका छन्। 

त्यसैगरी गुल्मीको काराइँग तुन गाउँ घर भएका हवल्दार डमरबहादुर पुन २१ वर्षदेखि भारतीय सेनामा कार्यरत थिए। उनकी पत्नी कल्पना पुन र दुई सन्तान रहेका छन्। 

पर्वत जिल्लाको चुवा गाउँ घर भएका २३ वर्षीय राइफलम्यान रविन शर्माकी श्रीमती सविता शर्मा छिन्।  

भारतीय रक्षा प्रवक्ताका अनुसार तीनै जनाको पार्थिव शरीरलाई हिमाञ्चल प्रदेशको सुवाथुमा लगी पूर्ण सैनिक सम्मानका साथ अन्तिम संस्कार गरिनेछ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell