PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

जनसम्पर्क समिति अमेरिकाका पदाधिकारी एक बर्ष पछि एउटै मञ्चमा



पहिलोपोस्ट

जनसम्पर्क समिति अमेरिकाका पदाधिकारी एक बर्ष पछि एउटै मञ्चमा

न्युयोर्क : एकले अर्को समुहको अस्तित्व अस्वीकार गर्दै आएका नेपाली काग्रेसको प्रवासी भातृ संगठन जनसम्पर्क समिति अमेरिकाका पदाधिकारी एक बर्ष पछि एउटै मञ्चमा आएका छन्। काग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री शुशिल कोइरालाको प्रथम स्मृति सभामा दुबै समुह एकै मञ्चमा आएका हुन्।

नेपाल डे परेड, काग्रेस महाधिवेशन प्रतिनिधि छनौट र भुकम्प पिडितका लागि उठाइएको राहत रकमलाई लिएर  अध्यक्ष आनन्द विष्ट र महासचिव मुनिन्द्र नेम्वाङ पक्षवीचको  विवाद उत्कर्षमा पुग्दा दुबै पक्ष वीच एकले अर्कोलाई बर्खास्त गरेको भन्दै विज्ञप्ती जारी गर्ने होड नै चलेको थियो । 

दुई साता अगाडि टेक्सासमा भएको गैर अवासीय नेपाली संघ अमेरिकाको साधारण सभाकोमा परराष्ट्रमन्त्री तथा काग्रेस नेता प्रकाशशरण महतको उपस्थितीमा  दुबैपक्ष एक आपसमा भएका असहमति र आरोप फिर्ता लिन राजी भएका थिए । जनसम्पर्क समिति अमेरिका न्यु योर्क च्याप्टरले कोइरालाको स्मृतिमा आयोजना गरेको अन्र्तकृया कार्यक्रममा दुबै पक्षले आफुहरुवीचको विवाद अन्त्य भएको घोषणा गर्दै अब संगठन विस्तारमा जुट्ने बताएका थिए।

अध्यक्ष विष्टले लामो समय पछि संगठनको विवाद अन्त्य भएको बताएका थिए। महासचिव नेम्वाङले  संगठनको विवाद अन्त्य भएको भन्दै आउदा दिनमा सबै एक भएर अगाडी बढ्ने धारणा राखे । 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell