PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

हिमाली क्षेत्रमा ट्रेकिङ जाँदै हुनुहुन्छ? विचार पुर्‍याउनुस्, एकैपटक अग्लो ठाउँमा जाँदा बिरामी परिएला



रासस

काठमाडौँ : यदि तपाईं हिमाली क्षेत्रको यात्रामा जाँदै हुनुहुन्छ भने होस् पुर्‍याउनुहोस्, बिरामी पर्नुहोला।
 
पछिल्लो समय स्वदेशी तथा विदेशी पाहुना मनाङ, मुस्ताङ, सोलुखुम्बु लगायत जिल्लामा कम उचाइको क्षेत्रबाट बढी उचाइको क्षेत्रमा जाँदा लेक लाग्ने समस्याले बिरामी परेका छन्।
 
हिमालय उद्धार सङ्घले सन् २०१६ मा लेक लागेका २ हजार ७ व्यक्तिलाई स्वास्थ्य सेवा प्रदान गरेको छ भने झन्डै ४ हजार जनालाई हाई अल्टिच्युडसम्बन्धी जनचेतना प्रदान गरेको छ।
 
सङ्घले स्वदेशी तथा विदेशी पर्यटक एकैपटक कम उचाइ भएको स्थानबाट उच्च स्थानमा जाँदा लेक लाग्ने र बिरामी पर्ने गरेकाले स्वास्थ्य सेवा प्रदान गरेको हो।
 
सङ्घका अध्यक्ष देवीबहादुर कोइरालाले पछिल्लो समय मनाङको खाङसारसम्म मोटरबाटो पुगेको र एकै दिनमा काठमाडौँदेखि मनाङसम्मको यात्रा गर्दा धेरै स्वदेशी तथा विदेशी पर्यटक बिरामी हुने गरेको बताए।
 
'दैनिक ५ सय मिटर उचाइसम्म मात्र यात्रा गर्नुपर्छ तर एक हजार ४ सय मिटर उचाइमा रहेको काठमाडौँदेखि ३ हजार ८ सय मिटर उचाइमा रहेको मनाङको खाङसारसम्म पुग्दा अधिकांश पर्यटक बिरामी भएका छन्,' उनले भने।
 
सङ्घले हाल मनाङ, एभरेस्ट बेसक्याम्प र सोलुखुम्बुको फेरुचेमा हाइ अल्टिच्युडबाट बिरामी भएका मानिसलाई सेवा प्रदान गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell