PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

मुटु रोगीलाई सहयोग जुटाउँदै कोरियामा रहेका प्रवासी नेपाली



पहिलोपोस्ट

काठमाडौं : वैदेशिक रोजगारका लागि कैलालीबाट दक्षिण कोरिया गएका ६ युवाले स्वदेश फर्किएका युवाका लागि सहयोग गर्न भन्दै 'कैलाली समाज दक्षिण कोरिया' नामक समूह गठन गरेका छन्।
 
समूहका सदस्यहरुले हरेक महिना २० हजार रुपैयाँ बचत कोषमा र एक हजार रुपैयाँ सामाजिक सहायता कोषमा जम्मा गर्नेछन्। ५ करोड रुपैयाँको बचत कोष खडा गरी विदेशिएका युवाहरुलाई सिप लिएर स्वदेश फर्केपछि कृषि, शिक्षा लगायत उत्पादनमूलक उद्योग सञ्चालनका लागि प्रेरित गरिने समाजका अध्यक्ष बलबहादुर रोकायले बताए। विदेशियका युवाहरु स्वदेश फर्केपछि व्यावसाय गर्न पुँजी नभएर अलमलमा पर्ने गरेको र उद्यमशीलता मर्न नदिई रोजगारी सिर्जना गर्न सहयोग पुर्‍याउने आफूहरुको सोच भएको उनको भनाइ छ।
 
समूह गठनपछि नै उनीहरुले कैलालीका मुटुरोगी जंगबहादुर कठायतको शल्यक्रियाका लागि १० हजार आर्थिक सहयोग जुटाएका छन्। कठायतको यही माघ २६ गते गंगालाल हृदयरोग केन्द्रमा मुटुको शल्यक्रिया हुँदैछ। करिब दुई लाख रुपैयाँ खर्च लाग्ने शल्यक्रियामा एक लाख रुपैयाँ नेपाल सरकारले सहयोग गर्दैछ। एक लाख जुट्न नसकेपछि कोरियामा रहेका कैलालीकै युवाहरुले १० हजार रुपैयाँ जुटाएका हुन्। आर्थिक अवस्था न्युन रहेका कठायतको उपचारका लागि आर्थिक सहयोग जारी राख्दै सहयोगका लागि उनीहरुले अरुलाई पनि आग्रह गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell