PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

संविधान च्यात्छौं, जलाउँछौं भन्नेहरु अब मत्थर भइसके : एमाले नेता पोखरेल



पहिलोपोस्ट

संविधान च्यात्छौं, जलाउँछौं भन्नेहरु अब मत्थर भइसके : एमाले नेता पोखरेल

पोखरा : नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले संविधान संशोधन राष्ट्रिय हितविपरीत भएको बताएका छन्।
 
प्रेस चौतारी नेपाल, कास्कीले आज बिहान आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले राष्ट्रिय हित विपरीतको संशोधन प्रस्तावलाई एमालेले संसद्मा मतदान प्रक्रियामै लैजान नदिने दाबी गरे।
 
सीमाङ्कन हेरफेर प्रस्तावलाई फिर्ता लिएर अरु प्रस्तावलाई मतदानको प्रक्रियामा लैजान सरकारलाई चुनौती दिँदै उनले राष्ट्रिय भाषालाई बेवास्ता गरी हिन्दी भाषालाई कालान्तरमा कामकाजको भाषाको रुपमा प्रयोग गर्न खोजिएकोमा आपत्ति जनाए।
 
हिजो संविधान च्यात्छौँ, जलाउँछौं र मान्दै मान्दैनौं भन्नेहरु पनि अहिले मत्थर हुँदै गएको उनको भनाइ थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell