PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

प्रम प्रचण्डलाई फुइँ नलगाउन एमाले अध्यक्ष ओलीको सुझाव, देउवालाई भने : कांग्रेस फुटाउनेले ठूला कुरा नगरे हुन्छ



सविन ढकाल

प्रम प्रचण्डलाई फुइँ नलगाउन एमाले अध्यक्ष ओलीको सुझाव, देउवालाई भने : कांग्रेस फुटाउनेले ठूला कुरा नगरे हुन्छ

काठमाडौं : पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई 'चुनाव गराएँ भनेर फुइँ' नलगाउन भनेका छन्। 'कसैले गर्न नसकेको निर्वाचन गराएँ भनेर फुइँ नलगाए हुन्छ, २० वर्षदेखि उहाँहरुले गर्न नदिनुभएको चुनाव आफै गराउनु भएको मात्र हो,' आज ओलीले पत्रकार सम्मेलन आयोजना गर्दै भने।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि पनि आक्रामक रुपमा प्रस्तुत भएका ओलीले भने, 'माघ १९ निम्त्याउने र कांग्रेस फुटाउनेले ठूला कुरा नगरे हुन्छ।' 

प्रधानमन्त्री प्रचण्डले संसदमा सम्बोधन गर्दै राजिनामा दिने तय भएपछि आक्रमक रुपमा सरकारको विरोधमा उत्रिएका ओलीले भने, 'प्रधानमन्त्रीलाई राजिनामा दिन किन हतार भयो?' 

उनले २२ दिन कुर्दा के बिग्रन्छ भन्दै थाल खाउँ कि भात खाउँको अवस्था भएको बताए।
 
'यो सत्ताको खेल गर्ने समय होइन। लोकलाज पनि ख्याल गर्नुस्,' ओलीले भने।

सीमाङ्कन हेरफेरका लागि अहिलेको समय उचित नभएको बताउँदै उनले निर्वाचन प्रभावित पार्ने खेल भइरहेको आरोप लगाए।
 
उनले सर्वोच्च अदालतका प्रधान न्यायाधीश सुशीला कार्कीको महाअभियोग फिर्ता हुनुपर्ने पूर्ववत धारणा पनि दोहर्याए। 'उहाँहरु कानमा तेल हालेर बस्नु भएको छ,' ओलीले भने।
 
भोटका लागि कैलालीको टीकापुर घटनामा संलग्नलाई उन्मुक्ति दिएको बताउँदै सरकारले अपराधीलाई राजनीतिक आवरण दिएको आरोप लगाए।
 
नेपाली कांग्रेसलाई सत्ताबाहेक अरुको चिन्ता नभएको कडा आक्षेप लगाउँदै ओलीले भने, 'शेरबहादुर देउवाजीले अर्जुनले माछाको आँखा हेरे झै कुर्सीमा मात्र हेर्नुभएको छ।'

देउवाप्रति बढी नै आक्रामक देखिएका ओलीले भने, 'नेपालमा प्रजातन्त्र ल्याउँदा बेलायतको सडकमा हल्लिँदै हुनुहुन्थ्यो। अहिले ठूला कुरा गर्ने?'

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell