PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

अमेरिकामा सत्ता परिवर्तन : ट्रम्प शपथ लिँदै, पढ्नुस् रोचक तथ्य, हेर्नुस् लाइभ

अमेरिकामा सत्ता परिवर्तन : ट्रम्प शपथ लिँदै, पढ्नुस् रोचक तथ्य, हेर्नुस् लाइभ


४५ औँ अमेरिकी राष्ट्रपतिका रुपमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पले आज शपथ ग्रहण गर्दैछन्। शपथसँगै आजदेखि उनले औपचारिक रुपमा चार वर्षीय कार्यभार सुरु गर्नेछन्।

हेर्नुस् लाइभ



शपथसँग सम्बन्धित केही तथ्य
  •  अमेरिकी राष्ट्रपतिको शपथ ग्रहण जनवरी २० तारिखमा हुने गर्छ। यदि जनवरी २० मा आइतबार पर्‍यो भने प्रधान न्यायाधीशले शपथ ग्रहण त गराउँछन् तर प्राइभेट रुपमा। भोलिपल्ट अर्थात् सोमबार जनवरी २१ मा पुनः सार्वजनिक रुपमा शपथ लिइन्छ। 
  • आज शपथ ग्रहणको क्रममा वासिङटनमा ठाउँठाउँमा विरोध प्रदर्शन भएका छन्। विरोध प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप पनि गरेका छन्। 
  • अमेरिकी राष्ट्रपतिले बाइबल छोएर शपथ ग्रहण गर्ने गर्छन्। डोनाल्ड ट्रम्पले शपथ लिँदा भने उनीसँग एउटा हैन दुई वटा बाइबल हुनेछ। एउटा अब्राहम लिङ्कनले राष्ट्रपतिको शपथ लिँदाकै बाइबल। अनि अर्को भने ट्रम्पकी आमाले सन् १९५५ मा दिएको बाइबल। 
  • अमेरिकी समय अनुसार मध्याह्नमा शपथका साथ सुरु हुनेछ चार वर्षीय कार्यकाल। नेपाली समय अनुसार राति १० बजेर ४५ मिनेटमा। 
  • शपथ पछि राष्ट्रपतिले पहिलो भाषण दिने परम्परा पनि छ। 


ट्रेन्डिङ पोस्ट

Ncell