PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

चिनिया थिङ्कट्याङकमाझ ‌ओलीले भने 'एक चीन नीति कुनै पार्टीको होइन देशको नीति हो'



पहिलोपोस्ट

चिनिया थिङ्कट्याङकमाझ ‌ओलीले भने 'एक चीन नीति कुनै पार्टीको होइन देशको नीति हो'

काठमाडौं: चीनका थिङ्कट्याङक माझ नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चीनको प्रशंसा गर्दै नेपालको सार्वभौमसत्ताको सम्मान गर्ने देश भएकाले आफ्नो मनमा चीनप्रति सम्मान रहेको बताएका छन्।

मंगलबारबाट काठमाडौमा सुरु भएको नेपाल चीन थिङ्क्ट्याङ्क सम्मेलनको उद्घाटन गर्दै उनले चीन नेपालको स्वाधिनता र अखण्डतामा सधै प्रतिबद्ध रहेको दावी गरेका थिए।

'चीनले सधै नेपालको सार्वभौमसत्ताको सम्मान गर्ने भएकाले म चीन र त्याहाँको नेतृत्वप्रति सम्मान प्रकट गर्छु,' ओलीले भने, 'ठुलो र शक्तिशाली देश भएर पनि नेपालप्रति चीनको कहिलै गलत दृष्टिकोण रहेको छैन।'

ओलीले आफूले प्रधानमन्त्री हुँदा चीनसँग महत्वपूर्ण सम्झौता गरेको दावी गर्दै त्यसलाई कार्यान्वयन गरे समृद्धी हाँसिल गर्न महत्वपूर्ण उपलब्धि हुने बताएका थिए।
चीनसँग भएको व्यापार तथा पारवहन सम्झौता दुई देशको सम्बन्ध सुधार र समृद्धी हाँसिलका लागि महत्वपूर्ण रहेको उनले बताए। एक चीन नीति नेपालको कुनै पार्टी र सरकारको नभएर विषय नभएर नेपालको नीति भएको समेत बताए। 'एक चीन नीति नेपालको कुनै पार्टी र त्यसले नेतृत्व गरेको पार्टीको नभएर देशको नीति हो ।'

उनी अगाडि कांग्रेस नेता गुरुराज घिमिरेले नेपाल-चीन सम्बन्धबारे बोल्दै २०१६ सालमा तत्कालिन कांगेंस सभापति बीपी कोइरालाले गरेको चीन भ्रमणमा भएका १० सम्झौता दुई देशको सम्बन्धका लागि महत्वपूर्ण भएको बताएका थिए।

उनले नेपालमा तीनवटा महत्वपूर्ण परिवर्तन भए पनि नेपाल र चीनबीचको सम्बन्धमा कुनै परिवर्तन नआएको बताउँदै बीपी कोइरालाले उचाइमा पुर्याएको सम्बन्धलाई गिरिजाप्रसाद कोइरालादेखि केपी ओलीसम्मले जोगाइराखेको बताएका थिए।

ओलीले सम्बोधनकोक्रममा घिमिरेको धारणामा सहमतहुँदै भने, 'गुरुले भनेजस्तो नेपाल-चीन सम्बन्धमा कहिल्यै उतारचढाव आएन। नेपालमा पटक पटक भएका परिवर्तनले पनि नेपाल चीन सम्बन्धमा कुनै परिवर्तन गरेन।'


कार्यक्रममा संघीय समाजवादी फोरमका प्रमुख सचेतक शिवजी यादवले चीनले नेपालप्रति देखाएको सद्भाव नेपालले पनि एक चीन नीति माफर्त पैचो तिरीरहेको बताए।

'चीनले नेपालप्रति देखाएको सद्भाव नेपालले पनि उही स्तरको एक चीन नीति मार्फत  कायम गरिरहेको छ,' यादवले भने, 'कहिलै सम्बन्धमा उतार चढाव नआउने नेपाल चीन सम्बन्ध विश्वकै लागि उदाहरणीय छ।'
  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell