PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

करण जौहरको किताब जसमा उनले व्यक्त गरे बुबा बन्ने चाहना



पहिलोपोस्ट

करण जौहरको किताब जसमा उनले व्यक्त गरे बुबा बन्ने चाहना

सन् २०१७ को सुरुवातमै दुई भारतिय सेलिब्रेटीको किताब चर्चामा छन्। अभिनेता ऋषि कपूरको 'खुल्लम खुल्ला' र  करण जौहर को 'दा अनसूटेबल ब्वाय'। दुबै किताबमा लेखकहरुको निजी जीवन माथीको कथा र यथार्थ समेटेको बताइएको छ।

हिजो मुम्बईमा करणको किताब सार्वजनिक भयो। बिमोचन कार्यक्रममा विभिन्न कलाकारहरुको उपस्थिती रहेको बिबिसी हिन्दीले जनाएको छ। सेलिब्रेटीहरु बिच करणले शाहरुख खानसँगको सम्बन्ध र आफ्नो बुवा बन्ने इच्छा बारे खुलेर कुरा गरे।

आफ्नो बुबाको कामहरु बारे बुझ्न थालेको समय उनी पहिलो पटक शाहरुख खानलाई भेट्न गएको उनले सम्झिए। शाहरुख खानसँग फिल्म डुप्लिकेटको स्क्रिप्ट लिएर भेट्न गएको उनले बताएका थिए। भने,'मेरो बुबाप्रति शाहरुखको सम्मान, आदर देखेर म छक्क परेको थिएँ। त्यसै बेला उसको व्यवहार देखेर म मा उप्रति प्रेम जाग्यो।'

त्यस समयदेखि सुरु भएको करण र शाहरुखको सम्बन्धमा धेरै उताब चढाव आए। तर आफू बिचको समस्याहरु दुबै मिलेर सुल्झाए पनि।
उनले शाहरुखसँगको सम्बन्ध बारे किताबमा पनि उल्लेख गरेको बताउँदै भने,'शाहरुख र मेरो 'डिप लभ' छ। म यो सम्बन्धको सम्मान गर्छु। र यो सम्बन्ध कहिले पनि छुट्दैन।'

शाहरुखले पनि करणको कुरामा सहमती जनाउदै बोले,'करण मलाई बुझ्ने मान्छे हो। मउसँग कुरा गरेर घण्टौं बिताउन सक्छु।' उनले किताब बिमोचन कार्यक्रममा करणको जीवन र किताबको तारिफ गर्दै भने,'तिमीबाट कसैले केहि सिके पनि नसिके पनि तिम्रो अनुभवहरुबाट धेरै कुरा सिक्न सकिन्छ।'

त्यस्तै अभिनेत्री काजोलसँगको सम्बन्धलाई भने करणले किताबको च्याप्टरसँग तुलना गरे। 'हाम्रो २५ वर्षको राम्रो मित्रता थियो। तर अब त्यो सब बाँकी रहेन।'

करणले आफ्नो किताबमा बुबा बन्ने रहर लागेको पनि जनाएका छन्। 'यो इमोशनल कुरा हो तर यो रहर मलाई स्टुडेन्ट अफ द यियर बनाउँदा देखि नै छ', उनले अभिनेता बरुण र सिद्धार्थलाई एक बुबाको  नजरले हेर्ने पनि बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell