PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

काठमाडौंबाट छुटेको जिप दुर्घटना, ७ जना घाइते



पहिलोपोस्ट

चरिकोट (दोलखा) : लाकुरीडाँडा गाविस– ८ आहालेडाँडामा आज जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन्।
 
काठमाडौँदेखि सदरमुकाम चरिकोटतर्फ आउँदै गरेको ना१ज ४९७८ नंको जिप दुर्घटना हुँदा गैरीमुदी गाविस– ७ विमला पाख्रिन र मोहनबहादुर तामाङ, मिर्गे– १ का साइना तामाङ, भेड्पु गाविसका सुजन लामा र उषा तामाङ तथा शैलुङ्गेश्वर– ६ विकास लामा र पवित्रा तामाङ घाइते भएका छन्।
 
विपरीत दिशाबाट आउँदै गरेको बसलाई बाटो दिँदा उक्त जिप दुर्घटनामा परेको प्रहरी नायब उपरीक्षक रविन कार्कीले जानकारी दिए। घाइतेलाई उपचारका लागि चरिकोटस्थित सामुदायिक अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell