PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

फ्यानबाट बच्न शाहरुख खानले गरे गाडीको 'डिक्की'मा यात्रा



पहिलोपोस्ट

फ्यानबाट बच्न शाहरुख खानले गरे गाडीको 'डिक्की'मा यात्रा

सुन्दा अचम्म लाग्छ बलिउड सुपरस्टार गाडीको डिक्कीमा बसेर यात्रा गरेको खबर। धेरैलाई विश्वास नलाग्न पनि सक्छ तर शाहरुख खानको हकमा साच्चै डिक्कीको यात्रा हुन्छ।

बिबिसी हिन्दीसँगको कुराकानीमा उनले आफू गाडीको डिक्कीमा बसेर यात्र गर्ने बताएका हुन्। उनले भने,'म कोही साथीलाई भेट्न जाँदा प्राय आफ्नो हुडको टोपीले अनुहार ढाक्छु नभए गाडीको डिक्कीमा लुक्छु। म छु नै डिक्कीमा अट्ने।' उनले आफू फ्यानको भिडबाट बच्नको लागि डिक्कीमा लुकेर यात्रा गर्ने बताएका छन्।

आफ्नो फिल्म 'रईस'को प्रचारमा रहेका शाहरुखको बलिउड यात्रा सन् २०१७ बाट २५ वर्षको हुन्छ। सुरुवाती दिनदेखि आजसम्म आइपुग्दा उनले लाखौं फ्यान कमाएका छन्। सार्वजनिक कार्यक्रम र स्थानहरुमा फ्यानले घेर्ने गरेकै कारण निकै पटक द्वविधामा पनि परेका छन् उनी।
१९९० को दशकमा बाजिगर, अंजाम, डर जस्ता फिल्ममा भिलेनको भूमिका निभाएका शाहरुखले रोमान्टिक जानराको फिल्मबाट आफैलाई कुशल अभिनेता साबित गरे।

उनी भन्छन्,'मैले सधैं आफूले चाहेको कम गर्दै आएको छु। र ति सबैमा सफल पनि भएको छु। यसको मतलव यो होईन कि म सधैं सफलनै रहन्छु।' उनले आजसम्म पाएको सफलताकै कारण फ्यान कमाएको पनि जनाएका छन्र भने,'परिवारसँग बाहिर निस्किदाँ पनि फ्यान कुरा गर्न, फोटो खिच्न, अटोग्राफ लिन आउँछन्। तर मलाई ति सबबाट केही समस्या छैन।'
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell