PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

​विरोधका बीच बुधबार ८० न्यायाधीशको सपथ



मनोज सत्याल

काठमाडौँ : उच्च अदालतमा नियुक्त न्यायाधीशहरुलाई प्रधान न्यायाधीश सुशीला कार्कीले बुधबार सपथ गराउँदै छिन्। 

सर्वोच्च अदालतका सह प्रवक्ता विश्व पौडेलले बुधबार १ बजे सपथ कार्यक्रम राखिएको पहिलोपोस्टलाई जानकारी दिए। 

न्यायपरिषद्ले सोमबार नै नवनियुक्त न्यायाधीशहरुलाई नियुक्ति पत्र दिइसकेको छ।  न्यायपरिषद्का प्रवक्ता देवेन्द्र ढकालले नियुक्ति दिने काम परिषद्ले सम्पन्न गरेको बताए। 

नेपाल बार एशोसिएशनले ५० प्रतिशत कानुन व्यवसायीलाई न्यायाधीश नबनाइएकोमा विरोध जनाउँदै आएको छ। उच्च अदालतमा ८० जना न्यायाधीश नियुक्ती गर्दा ४० प्रतिशत कानुन व्यवसायी परेका थिए। 

त्यस्तै सरकारी वकिल समूहले पनि नियुक्तिमा असहमति राख्दै आइतबारबाट बेञ्च बहिष्कारको चेतावनी दिइसकेको छ। १३ सय १० कर्मचारीमा ३५ विशिष्ट श्रेणीका रहेका र ९ जना नियुक्तिका लागि योग्य रहँदा १ जना मात्र नियुक्ति भएकोमा सरकारी वकिल समाजले विरोध जनाइसकेको छ। 

त्यस्तै मधेसकेन्द्रित दलहरुले समेत नियुक्ति समावेशी नभएको भन्दै विरोध गरेका छन्। न्यायपरिषद्बाट न्यायाधीश नियुक्तिका बेला सदस्यद्वय रामप्रसाद सिटौला र वैधनाथ उपाध्यायको अनुपस्थित रहेको भन्दै बारले आपत्ति प्रकट गरेको थियो। 

विरोध र असन्तुष्टिका आवाज आएपनि न्यायपरिषद्को अध्यक्ष समेत रहेकी प्रधान न्यायाधीश कार्कीले बुधबार नवनियुक्त न्यायाधीशहरूलाई सपथ गराउन लागेकी हुन्।

सम्बन्धित समाचार
उच्च अदालतमा न्यायाधीश नियुक्तिप्रति नेपाल बारको असन्तुष्टि, निर्णय पुनर्विचारको माग

न्यायाधीश सिफारिसमा गलिन् सुशीला : तोड्न सकिनन् नातागोताको जालो

अदालतमा बहस बहिष्कार गर्ने सरकारी वकिलहरुको चेतावनी

यी हुन मध्यरातमा उच्च अदालतका लागि सिफरिसमा परेका ८० न्यायाधीश
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell