PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

ऋण दिन मिल्ने गरी ४० अर्ब रुपैयाँ राष्ट्र बैंकको तरलता उपहार



सुदर्शन सापकोटा

ऋण दिन मिल्ने गरी ४० अर्ब रुपैयाँ राष्ट्र बैंकको तरलता उपहार

काठमाडौं : नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई लगानी गर्नसमेत मिल्ने गरी तरलता उपलब्ध गराउने भएको छ। राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ तरलता उपलब्ध गराउन लागेको हो।
 
बैंकहरुले राष्ट्र बैंकबाट लिएको पैसा कम्तीमा जेठ १५ देखि बढिमा असार २९ गतेसम्म प्रयोग गर्न पाउँछन्।
 
बैंकहरुको अभाव कम गर्का लागि ४० अर्ब रुपैयाँ बराबरको 'आउट राइट पर्चेज' गर्न लागेको राष्ट्र ऋण विभागका कार्यकारी निर्देशक त्रिलोचन पङ्गेनीले बताए।
 
राष्ट्र बैंकले गत जेठ १६ देखि असार ३० सम्म ६ पटक गरी करिब ५० अर्ब रुपैयाँ बराबरको 'राष्ट्र बैंक ऋणपत्र' जारी गरेको थियो। यो ऋणपत्र बैंक तथा वित्तीय संस्थाहरुले किनेका थिए। उनीहरुले किनेको ऋणपत्र राष्ट्र बैंकले इ्च्छुक बैंकहरुलाई बेच्नका लागि प्रस्ताव गरेको हो।
 
राष्ट्र बैंकले जेठ १६ गते १० अर्ब रुपैयाँ, असार १२  गते १० अर्ब रुपैयाँ, असार २२ गते १० अर्ब रुपैयाँ,  असार २६ गते १० अर्ब रुपैयाँ,  असार २९ गते १२ अर्ब ७९ करोड रुपैयाँ र असार ३० गते ३ अर्ब ९६ करोड रुपैयाँको ऋणपत्र जारी गरेको थियो।
 
राष्ट्र बैंकले बोलकबोलको आधारमा ब्याज दर निर्धारण गर्ने छ। 'बजारमा ४० अर्ब रुपैयाँ छाड्दा अल्पकालीन ब्याज दरलाई आधार मानिने छ,' राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशन नरबहादुर थापाले भने, 'बैंकहरुले आपसमा गर्ने सात दिनको सापटी अवधिमा कायम ब्याज दरका आधारमा प्रतिस्पर्धा गर्नुपर्छ।'
 
उनले राष्ट्र बैंकसँग चलेको ब्याज दरभन्दा कम राखेर बोलकबोल गरेमा प्रक्रिया खारेज समेत हुन सक्ने जानकारी दिए। अहिले अन्तरबैंक कारोबार चार प्रतिशतको हाराहारीमा भएको छ।
 
राष्ट्र बैकले बीचमा दुई हप्ताका लागि उपलब्ध गराएको रिपोले बैंकहरुको तरलता अभाव मम्बोधन नभएको गुनासो बैंकहरुले गरेका थिए। रिपोको रकम ऋण लगानी गर्न नपाइने भएकाले त्यसमा उनीहरुले चासो पनि राखेनन्।
 
बैंकहरुले ऋण लगानी गर्न मिल्ने गरी तरलता माग गरेका थिए। बैंकहरुको मागलाई सम्बोधन गर्ने गरी राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ उपलब्ध गराउन लागेको हो। यो रकम कर्जा लगानीमा प्रयोग गर्न पाइन्छ।
 
४० अर्ब रुपैयाँ प्रवाह गरेपछि बढिरहेको ब्याज दरमा केही गिरावट आउने अनुमान गरिएको छ। बैकहरुले संस्थागत निक्षेपकर्ताहरुलाई साढे १२ प्रतिशतसम्म ब्याज दिन थालेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell