PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

पुरातत्व विभागले भत्कायो स्वयम्भू अगाडिको मन्दिर



पहिलोपोस्ट

काठमाडौँ : पुरातत्व विभागले स्वयम्भू महाचैत्य अगाडि रहेको प्रतापपुर मन्दिर भत्काएको छ।
 
गत वर्षको भूकम्पका कारण सो मन्दिरको विभिन्न भाग चर्किएर ठूलो क्षति भई त्यसबाट जोखिम बढेपछि सो मन्दिर करिब पाँच महिनाको समयअवधिमा भत्काइएको हो। विभागअन्तर्गत इन्जिनियरिङ शाखा प्रमुख सम्पत घिमिरेका अनुसार सो मन्दिर कुनै पनि बेलामा पल्टेर त्यहाँ दर्शन गर्न आउने तथा हिँड्डुल गर्नेका लागि खतरा बढेसगै भत्काउनुपरेको हो।
 
पुरानै स्वरुप कायम हुने गरी भूकम्प प्रतिरोधी मन्दिरका रुपमा त्यसलाई विकास गर्ने उनले जानकारी दिए। विश्व सम्पदा सूचीमा सूचीकृत त्यस क्षेत्रका चैत्य तथा प्राचीन महत्वका अन्य सम्पदा जीर्णोद्धारका लागि पुरातत्व विभाग र स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले अध्ययन गरिरहेको महासमितिका महासचिव महेन्द्ररत्न बुद्धाचार्यले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell