PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

​जाजरकोटमा भकाभक पशुचौपाया मरे, तर पशु चिकित्सक छैनन्



पहिलोपोस्ट

जाजरकोट : दुर्गम गर्खाकोट–४ मा भकाभक गाई, गोरु मर्न थालेपछि किसान मर्कामा परेका छन्। 

टाउको सुन्निने, ¥याल निकाल्ने र घाँस खानछोडेलगत्तै गाईगोरु मर्ने गरेका स्थानीयवासी तथा दीपेन्द्र प्राविका प्रधानाध्यापक वीरबहादुर शाहीले जानकारी दिए। 

दैनिक गाई, गोरु, बाख्रा, भेडा दर्जनौँको हिसाबले मरेपनि गर्खाकोटमा रहेको पशु सेवा कार्यालयमा कर्मचारी नहुँदा किसान मर्कामा परेका हुन्। विगत दुई महिनादेखि यहाँको पशु सेवा कार्यालयका कर्मचारी नभएको शाहीले बताए। 

त्यस्तै, टाउको सुन्निने, पेट फुल्ने समस्याले गर्दा रामीडाँडा गाविसमा पनि समस्या परेको छ । जिल्ला पशुसेवा कार्यालयमा पटकपटक सम्पर्क गर्न खोज्दा फोन नउठेका कारण सम्पर्क हुन सकेन। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell