PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

​नयाँ शक्ति पार्टीले भन्यो ‘उच्च अदालतको न्यायाधीश नियुक्ति सच्याउ’



पहिलोपोस्ट

काठमाडौं : नयाँ शक्ति पार्टी नेपालले न्याय परिषद्ले उच्च अदालतका न्यायाधीश नियुक्त गर्ने न्याय परिषद्को सिफारिस सच्याउन आग्रह गरेको छ। 

पार्टीको कानुन, न्याय तथा मानवअधिकार विभागले आज विज्ञप्तिमार्फत न्यायाधीश नियुक्ति प्रक्रियाले संविधान, कानुन तथा न्यायपालिकाप्रतिको जनताको आस्था र विश्वासमा गम्भीर चुनौतीको स्थिति सिर्जना भएको जनाउँदै ‘कानुन मन्त्रीको अभिव्यक्ति, दुई सदस्यको अनुपस्थिति र स्वयम् बारको प्रतिनिधित्व गर्ने सदस्यको सार्वजनिक अभिव्यक्तिले न्यायाधीश नियुक्ति प्रक्रिया मापदण्डविहीन राजनीतिक हस्तक्षेप, अपारदर्शी र भागबन्डाको संस्कृतिले गाँजिएको प्रस्ट देखिएको’ जनाएको छ। 

कानुनले निर्दिष्ट गरेको पाँचमध्ये दुई सदस्यको अनुपस्थितिमा गरिएको निर्णयले न्याय परिषद् न्यायाधीश नियुक्तिको शृङ्खलामा झन् थप विवादित हुन पुगेको विभागका संयोजक मुक्ति प्रधानद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell